चैत्र ६, २०८२ शुक्रबार | ०२:२६:३६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा कार्यसमितिमा अधिकारी र धिमालको इन्ट्री!

काठमाडौं । बाँकी रहेका दुई सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन । त्यसपछि विशेष साधारण सभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्ये अधिकारी र धिमालले बाजी मार्दै कार्यसमितिमा इन्ट्री गरेका छन् ।

यद्यपि, बुधबार त्रिपुरेश्वरमा जारी विशेष साधारण सभाअन्तर्गत सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका छन् । विजयी अधिकारी र धिमालले क्रमश: ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

यसअघि असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षहरु– दीर्घ बहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टिका लामा, अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए । मञ्चमा राखिएको पानस समेत हटाएर अस्तव्यस्त रुपमा कार्यक्रम सुरु गरिएको भन्दै विरोध समेत भएको थियो । संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले ‘तीन प्रकारका विषयसूची भयो’ भनेर विरोध गरेका थिए ।

यद्यपि, चुनावमा कुल ८९ मत खसेको निर्वाचन समितिले बताएको छ । मताधिकार प्राप्त ४८ मध्ये ४७ जिल्ला, ए, बी र सी डिभिजन लिगका क्रमश १४, ११ र ९ क्लबहरुले मतदान गरेका छन् । यस्तै, महिला, रेफ्री, फुटबल खेलाडी र प्रशिक्षक संघसँगै राष्ट्रिय लिगमा छनोट भएर चार वर्षदेखि खेल्न नपाएका चार क्लबले पनि मतदान गरेका छन् ।

यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा ८७ मत मात्रै खसेको थियो । सिरहा र सिन्धुली जिल्लाको चुनावलाई एन्फाले मान्यता नदिँदा ती दुई जिल्ला र भक्तपुर मताधिकारबाट वञ्चित भएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो