भाद्र २३, २०८१ आइतबार | ०६:४७:३१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

यु १७ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

कोलम्बो । कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४-० ले पराजित गर्यो ।

भारतको जितमा बबी सिंह, कोरोउ सिंह, थाग्लालसोनु गाग्टे र अमनले गोल गरे ।

खेलको १७औं मिनेटमा बबीको गोलबाट भारतले अग्रता बनाएको थियो । ३०औं मिनेटमा कोरोउ सिंहले भारतको अग्रतालाई दोब्बर पारे । यस्तै, ६२औं मिनेटमा गाग्टेले भारतका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा अमनले गोल गर्दै भारतको सहज जित निश्चित गरे ।

खेलको ३८औं मिनेटमा भारतीय खेलाडीलाई धकेलेपछि नेपालका कप्तान लक्ष्मणले सोझै रातो कार्डको दर्शन गरेसँगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भुटानलाई २-१ ले र दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा घरेलु टिम श्रीलंकालाई ६-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सन् २०११ मा साफ यु१६ को पहिलो संस्करण भएको थियो । जसको उपाधि पाकिस्तानले जितेको थियो । पहिलो संस्करणमा नेपालको यात्रा भारतले सेमिफाइनलमा पेनाल्टी सुटआउटमा समाप्त पारेको थियो । सन् २०१३ मा पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको नेपाल  भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भयो । सन् २०१५ को तेस्रो संस्करणमा पनि नेपालको यात्रा अन्तिम चारमा रोकियो ।

प्रवेश गरे पनि नेपाल भारतसँग निराश हुँदै पुनः उपविजेतामा सीमित भयो ।

सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । गत संस्कण (सन् २०१९) को फाइनलमा पनि नेपाल भारतसँगै पराजित भयो ।

यु १६ का नाममा सुरु भएको प्रतियोगिताको पछिल्लो तीन संस्करण यु १५ को उमेर समूहमा भए पनि यस पटक भने पहिलो पटक यु १७ को नाममा प्रतियोगिता आयोजना गरिएको हो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024