आश्विन १, २०८१ मंगलबार | ००:३५:०२
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

एन्फा महिला लिगः सुदुरपश्चिमको पोस्टमा पुलिसको ९ गोल

सुदूरपश्चिविरुद्ध प्रतिस्पर्धा गर्दै दीपा न्यौपाने, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशविरुद्ध ९-० को फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक पूरा गरे । यसैगरी पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले समान एक गोल थपे ।

पहिलो हाफमा तीन गोल गरेको पुलिसले दोस्रो हाफमा आधा दर्जन गोल थप्यो ।

खेलको नवौं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ३०औं मिनेटमा पूजाले टोलीको अग्रता दोब्बर बनाइन् ।

दीपाले ३१ ४६ र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा पुलिस ५-० ले अगाडि बढ्यो ।

निरुले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पुलिसका लागि छैटौं गोल गरिन् । सात मिनेटपछि घिमकुमारीले गोल गर्दा पुलिसले ७-० को फराकिलो अग्रता लियो ।

सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै निरु थापा (१४ नम्बर जर्सी), तस्विर एन्फा । 
 

निरुले ७८औं मिनेटमा ह्याट्रिक पूरा गर्दै पुलिसलाई ८-० ले अगाडि बढाइन् । इन्जुरी समयमा अनुष्काले टोलीका लागि नवौं गोल गरिन् । 

जितसँगै पुलिस दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले आफ्नो पहिलो खेलमा अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

सुदुरपश्चिमको यो लगातार दोस्रो फराकिलो हार हार हो । यसअघि पहिलो खेल सुदुरपश्चिमले बागमती नगरपालिकासँग ५-१ को फराकिलो हार ब्यहोरेको थियो ।

शुक्रबारको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

लिगमा शनिबार दोस्रो विभागीय डार्बी हुनेछ । स्टार खेलाडीले भरिएका एपिएफ र आर्मीले एकअर्कालाई चुनौती दिनेछन् । खेल दिउँसो एन्फा मुख्यालयको मैदानमा १ बजे सुरु हुनेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024