माघ ७, २०८२ बुधबार | २१:००:३५
पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो

एएफसी यु २० एसियन कप छनोट: ‘बहराइनसँग उत्कृष्ट प्रदर्शन गर्छौं’

मनामा । सुरुआती दुई खेलमा पराजित भएको नेपाली युवा टिमले एएफसी यु २० एसियन कपको छनोटमा घरेलु टिम बहराइनको सामना गर्दै छ । अल मुराक रंगशालामा राति ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भुटानसँग २–० गोलको नतिजामा पराजित भएको नेपालले दोस्रो खेलमा कतारसँग ३–१ को हार बेहोरोको थियो ।

अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना न्युन बनिसकेको छ । समूहकै बलियो टिम कतारसँग प्रतिस्पर्धात्मक प्रदर्शन गरेको नेपाली आज उच्च मनोबलका साथ मैदानमा उत्रिने मुख्य प्रशिक्षक मेघराज केसी बताउँछन् ।

‘पहिलो खेलमा (भुटानविरुद्ध) हामी, हाम्रा खेलाडी शारिरीकरुपमा पूर्ण तयार थिएनन्,’ उनले भने, ‘कतार हामीभन्दा धेरै माथिल्लो स्तरको टिम हो, तर पनि हामीले राम्रो च्यालेन्ज दियौं । र, बहराइन आइपुगेको करिब एक हप्ता भयो । खेलाडीहरु यहाँको समय र वातावरणसँग घुलमिल भइसकेकाले आज उत्कृष्ट खेल हेर्न पाइन्छ ।’

अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भवना एकदमै न्युन रहेको बताउँदै प्रशिक्षक केसीले भने, ‘समूह विजेता बन्ने सम्भावना छैन । बाँकी उत्कृष्ट उपविजेताको मौका हुन्छ । तर, दुई खेल हारिसकेको टिम उत्कृष्ट उपविजेता बन्ने सम्भावना पनि एकदमै कम छ ।’

एएफसी कपमा छनोट हुने भन्दा पनि राम्रो प्रदर्शन गर्नु प्रमुख लक्ष्य रहेको केसीले बताए ।

यस्तै, नेपाली टिमका कप्तान आयुष घलानले पनि आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘आज हामी उत्कृष्ट खेलेर जित्ने कोसिस गर्छौं,’ कप्तानले भने, ‘यहाँको वातावरणमा धेरै घुलमिल भइसकेका छौं । छनोट हुने सम्भावना कम भए पनि हामी बाँकी खेलमा राम्रो नतिजा निकाल्ने प्रयास गर्छौं‌ ।’

पहिलो खेलमा धेरै खेलाडी बिरामी भएकाले अप्रत्याशित पराजय भोग्नु परेको कप्तान आयुषले बताए ।

बराइन र नेपालबीचको खेल अरादस्थित अल मुराक रंगशालामा नेपाली समयअनुसार राति ११ ४५ बजे हुनेछ । समूह बीमा २ खेलबाट चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहँदा एक खेलबाट तीन अंक जोडेको कतार दोस्रो स्थानमा छ । यस्तै, दुई खेलमा ३ अंक जोडेको भुटान तेस्रो तथा एक खेलबाट १ अंक बटुलेको बहराइन चौथो स्थानमा छ ।

दुई खेलमा अंकविहीन नेपाल पाँचौं स्थानमा छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate