चैत्र ५, २०८२ बिहीबार | ०८:३०:५५
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

एएफसी यु २० एसियन कप छनोट: ‘बहराइनसँग उत्कृष्ट प्रदर्शन गर्छौं’

मनामा । सुरुआती दुई खेलमा पराजित भएको नेपाली युवा टिमले एएफसी यु २० एसियन कपको छनोटमा घरेलु टिम बहराइनको सामना गर्दै छ । अल मुराक रंगशालामा राति ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भुटानसँग २–० गोलको नतिजामा पराजित भएको नेपालले दोस्रो खेलमा कतारसँग ३–१ को हार बेहोरोको थियो ।

अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना न्युन बनिसकेको छ । समूहकै बलियो टिम कतारसँग प्रतिस्पर्धात्मक प्रदर्शन गरेको नेपाली आज उच्च मनोबलका साथ मैदानमा उत्रिने मुख्य प्रशिक्षक मेघराज केसी बताउँछन् ।

‘पहिलो खेलमा (भुटानविरुद्ध) हामी, हाम्रा खेलाडी शारिरीकरुपमा पूर्ण तयार थिएनन्,’ उनले भने, ‘कतार हामीभन्दा धेरै माथिल्लो स्तरको टिम हो, तर पनि हामीले राम्रो च्यालेन्ज दियौं । र, बहराइन आइपुगेको करिब एक हप्ता भयो । खेलाडीहरु यहाँको समय र वातावरणसँग घुलमिल भइसकेकाले आज उत्कृष्ट खेल हेर्न पाइन्छ ।’

अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भवना एकदमै न्युन रहेको बताउँदै प्रशिक्षक केसीले भने, ‘समूह विजेता बन्ने सम्भावना छैन । बाँकी उत्कृष्ट उपविजेताको मौका हुन्छ । तर, दुई खेल हारिसकेको टिम उत्कृष्ट उपविजेता बन्ने सम्भावना पनि एकदमै कम छ ।’

एएफसी कपमा छनोट हुने भन्दा पनि राम्रो प्रदर्शन गर्नु प्रमुख लक्ष्य रहेको केसीले बताए ।

यस्तै, नेपाली टिमका कप्तान आयुष घलानले पनि आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘आज हामी उत्कृष्ट खेलेर जित्ने कोसिस गर्छौं,’ कप्तानले भने, ‘यहाँको वातावरणमा धेरै घुलमिल भइसकेका छौं । छनोट हुने सम्भावना कम भए पनि हामी बाँकी खेलमा राम्रो नतिजा निकाल्ने प्रयास गर्छौं‌ ।’

पहिलो खेलमा धेरै खेलाडी बिरामी भएकाले अप्रत्याशित पराजय भोग्नु परेको कप्तान आयुषले बताए ।

बराइन र नेपालबीचको खेल अरादस्थित अल मुराक रंगशालामा नेपाली समयअनुसार राति ११ ४५ बजे हुनेछ । समूह बीमा २ खेलबाट चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहँदा एक खेलबाट तीन अंक जोडेको कतार दोस्रो स्थानमा छ । यस्तै, दुई खेलमा ३ अंक जोडेको भुटान तेस्रो तथा एक खेलबाट १ अंक बटुलेको बहराइन चौथो स्थानमा छ ।

दुई खेलमा अंकविहीन नेपाल पाँचौं स्थानमा छ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं