माघ १७, २०८२ शनिबार | ०५:१८:५८
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

खेलाडी पलायनमा अल्मुताइरी नै दोषी भएको रजिनको आरोप

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रजिन धिमालले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले देखाएको व्यवहार असोभनीय भएको बताउँदै खेलाडी विदेशीनुमा प्रशिक्षक नै प्रमुख दोषी रहेको आरोप लगाएका छन् ।

शनिबार अल्मुताइरीले सामाजिक सञ्जालमा खेलाडी विदेश पलायनमा उनीहरुको दोष नरहेको बताउँदै नेपाली खेलकुदको भविष्यका लागि कार्ययोजना बनाउन सरकार र खेलकुद सम्बन्धित संस्थाहरुलाई आग्रह गरेका थिए ।

तर, यसको केही बेरपछि रजिनले प्रशिक्षक अल्मुताइरीको अभिव्यक्तिको प्रतिकृया स्वरुप सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेका छन् ।

जसमा उनले पछिल्लो समय खेलाडी विदेशीनुमा प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय फुटबल टिमका ११ जना खेलाडीप्रति देखाएको व्यवहार प्रमुख कारण रहेको लेखेको छन् । जसमा उनले प्रशिक्षकको व्यवहारका कारण खेलाडीका आत्मसम्मानमा चोट पुगेको र यो नै उनीहरु विदेशीने प्रमुख कारण भएको बताएका छन् ।

स्ट्याटसको पूर्ण पाठ 

खेलाडी बनेर नेपालमा भविष्य नभएको आशा राख्दै विदेश पलायन भएको बताउँदै आफूलाई असल साबित गरेर फेरी पनि लाजमर्दो कार्य गर्नुभएको छ । खेलाडीसँग एक पटक कुरा गर्न कोसिस गर्नुस, यसपछि तपाईँलाई उनीहरू विदेशिनु पछाडिको कारण हालैको घटना हो, जसले उनीहरूलाई यहाँ खेलाडीको रूपमा आफ्नो आत्मसम्मान र मूल्यको बारेमा सोच्न बाध्य पारेको छ भन्ने थाहा हुन्छ । उनीहरूले शीर्ष स्थानमा रहन टिम र फुटबलका लागि धेरै मिहेनत र योगदान गरे तर अन्तमा तपाईँले खेलाडीमाथि जे गर्नुभयो त्यो फुटबलमा सस्तो र लाजमर्दो कार्य थियो । तपाई र एन्फाले नेपालमा खेलाडीको कुनै मूल्य दिनुभएन, यसैकारण उनीहरूले फुटबल छोड्ने निर्णय गरेका हुन् ।

तपाई नेपालमा फुटबल गतिविधिका बारेमा कुरा गर्दै हुनुहुन्छ, लाज लाग्दैन ? अझ कति झुट बोल्न चाहन्छु हुन्छ ? तपाई त्यही व्यक्ति हैन जस्तो नेपाल सुपर लिग एनएसएल रोक्न खोज्नु भयो ? हामी सबैलाई त्यो घटना याद छ जब एन्फाले एनएसएल गर्न लागेको थियो र तपाईँलाई राष्ट्रिय टिमको ट्रेनिङ दुई हप्ता सार्न आग्रह गरिएको थियो । त्यति बेला तपाईँले सबै खेलाडीहरूलाई मिटिङ हलमा बोलाएर एनएसएल खेल्न चाहन्छौं की अबदुल्लाह को टिमबाट भन्ने धम्की दिनुभएको हैन ?

सबै खेलाडी चुप लागे उनीहरूले एनएसएलका लागि आवाज उठाउन सकेनन् । पछि तपाईँले सर्वसाधारणको ध्यानाकर्षण गर्न आफूले एनएसएल गर्न चाहेको भन्दै पोस्ट गर्नुभयो ।

फुटबल गतिविधि फरक कुरा हो र हामी सबै जना चाहन्छौँ नेपाली फुटबलको विकासका लागि नेपालमा धेरै भन्दा धेरै फुटबल गतिविधिहरू हुन् तर, यो खेलाडी पलायन हुनु पछाडिको पछिल्लो मुख्य कारण हो ।

अन्यथा यसअघि पनि फुटबलमा पर्याप्त गतिविधिहरू थिएनन् तर खेलाडी यसरी विदेश पलायन भएका थिएनन् । तर अहिले भर्खरै यसमा लागेकाहरू पनि खेल छोडेर सुरक्षित भविष्य खोज्न लागेका छन् । यस पटक खेलाडी शारीरिक रुपमा हैन मानसिक रूपमा थकित छन् । यो तीतो छ तर सत्य हो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।