चैत्र १६, २०८२ सोमबार | १३:५४:२१
जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा

खेलाडी पलायनमा अल्मुताइरी नै दोषी भएको रजिनको आरोप

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रजिन धिमालले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले देखाएको व्यवहार असोभनीय भएको बताउँदै खेलाडी विदेशीनुमा प्रशिक्षक नै प्रमुख दोषी रहेको आरोप लगाएका छन् ।

शनिबार अल्मुताइरीले सामाजिक सञ्जालमा खेलाडी विदेश पलायनमा उनीहरुको दोष नरहेको बताउँदै नेपाली खेलकुदको भविष्यका लागि कार्ययोजना बनाउन सरकार र खेलकुद सम्बन्धित संस्थाहरुलाई आग्रह गरेका थिए ।

तर, यसको केही बेरपछि रजिनले प्रशिक्षक अल्मुताइरीको अभिव्यक्तिको प्रतिकृया स्वरुप सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेका छन् ।

जसमा उनले पछिल्लो समय खेलाडी विदेशीनुमा प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय फुटबल टिमका ११ जना खेलाडीप्रति देखाएको व्यवहार प्रमुख कारण रहेको लेखेको छन् । जसमा उनले प्रशिक्षकको व्यवहारका कारण खेलाडीका आत्मसम्मानमा चोट पुगेको र यो नै उनीहरु विदेशीने प्रमुख कारण भएको बताएका छन् ।

स्ट्याटसको पूर्ण पाठ 

खेलाडी बनेर नेपालमा भविष्य नभएको आशा राख्दै विदेश पलायन भएको बताउँदै आफूलाई असल साबित गरेर फेरी पनि लाजमर्दो कार्य गर्नुभएको छ । खेलाडीसँग एक पटक कुरा गर्न कोसिस गर्नुस, यसपछि तपाईँलाई उनीहरू विदेशिनु पछाडिको कारण हालैको घटना हो, जसले उनीहरूलाई यहाँ खेलाडीको रूपमा आफ्नो आत्मसम्मान र मूल्यको बारेमा सोच्न बाध्य पारेको छ भन्ने थाहा हुन्छ । उनीहरूले शीर्ष स्थानमा रहन टिम र फुटबलका लागि धेरै मिहेनत र योगदान गरे तर अन्तमा तपाईँले खेलाडीमाथि जे गर्नुभयो त्यो फुटबलमा सस्तो र लाजमर्दो कार्य थियो । तपाई र एन्फाले नेपालमा खेलाडीको कुनै मूल्य दिनुभएन, यसैकारण उनीहरूले फुटबल छोड्ने निर्णय गरेका हुन् ।

तपाई नेपालमा फुटबल गतिविधिका बारेमा कुरा गर्दै हुनुहुन्छ, लाज लाग्दैन ? अझ कति झुट बोल्न चाहन्छु हुन्छ ? तपाई त्यही व्यक्ति हैन जस्तो नेपाल सुपर लिग एनएसएल रोक्न खोज्नु भयो ? हामी सबैलाई त्यो घटना याद छ जब एन्फाले एनएसएल गर्न लागेको थियो र तपाईँलाई राष्ट्रिय टिमको ट्रेनिङ दुई हप्ता सार्न आग्रह गरिएको थियो । त्यति बेला तपाईँले सबै खेलाडीहरूलाई मिटिङ हलमा बोलाएर एनएसएल खेल्न चाहन्छौं की अबदुल्लाह को टिमबाट भन्ने धम्की दिनुभएको हैन ?

सबै खेलाडी चुप लागे उनीहरूले एनएसएलका लागि आवाज उठाउन सकेनन् । पछि तपाईँले सर्वसाधारणको ध्यानाकर्षण गर्न आफूले एनएसएल गर्न चाहेको भन्दै पोस्ट गर्नुभयो ।

फुटबल गतिविधि फरक कुरा हो र हामी सबै जना चाहन्छौँ नेपाली फुटबलको विकासका लागि नेपालमा धेरै भन्दा धेरै फुटबल गतिविधिहरू हुन् तर, यो खेलाडी पलायन हुनु पछाडिको पछिल्लो मुख्य कारण हो ।

अन्यथा यसअघि पनि फुटबलमा पर्याप्त गतिविधिहरू थिएनन् तर खेलाडी यसरी विदेश पलायन भएका थिएनन् । तर अहिले भर्खरै यसमा लागेकाहरू पनि खेल छोडेर सुरक्षित भविष्य खोज्न लागेका छन् । यस पटक खेलाडी शारीरिक रुपमा हैन मानसिक रूपमा थकित छन् । यो तीतो छ तर सत्य हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो