वैशाख २८, २०८२ आइतबार | २०:०५:२१
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भोलि भारत जाने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्नका लागि शनिबार भारत जाने भएकी छिन् ।

‘मैले त्यहाँ गएर छनोट खेल्नु पर्दैन । ६ दिनको खेल खेलेर नेपाल फर्किने छु । मैले एन्फा र प्रशिक्षकलाई जानकारी गराएर स्वीकृति लिएर नै जान लागेको हुँ,’ उनले खेलाडीसँग भनिन्, ‘मेरो पहिलो प्राथमिकता भनेको नेपाल हो । क्लबसँग मेरो पहिला नै सम्झौता भएकाले जान लागेको हुँ। त्यहाँको प्रशिक्षणमा भारतको राष्ट्रिय टिमका खेलाडीहरु पनि छन् । जसले गर्दा हामीलाई साफमा भारतविरुद्ध रणनीति बनाउन सहज हुनेछ ।’

चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । पहिलो पटक एएफसी क्लब च्याम्पियनसिप खेल्न लागेकी सावित्राले त्यहाँबाट केही कुरा सिकेर आउने र साफमा खेल्न सहज हुने बताइन् ।

सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो । सोही क्लबको प्रतिनिधित्व गर्न सावित्रा भारत जान लागेकी हुन् । 

उज्वेकिस्तानमा अगस्ट २० देखि २६ सम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

‘एएफसी च्याम्पियनसिप जित्दै आई लिगको उपाधि जिताउने लक्ष्य छ । गोकुलम मेरो घर जस्तै हो । क्लबलाई अझ उचाइमा पुर्याउन चाहन्छु,’ उनले गोकुलमसँग एक सिजनका लागि अनुबन्ध भएपछि भनेकी थिइन् ।

सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०–२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । सावित्रा पुनः सोही क्बलमा अनुबन्ध भएकी हुन् ।

उनी शनिबार दिउँसो साँढे एक बजे भारततर्फ प्रस्थान गर्ने उनले खेलाडीसँग बताइन् । उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP