इङ्लिस प्रिमियर लिग

सिल्भालाई ग्वार्डिओलाको सन्देश

लन्डन । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले बर्नान्डो सिल्भा नयाँ सिजनका लागि आफ्नो योजनामा रहे पनि उनले चाहेको खण्डमा भने अन्यत्र जान बाधक नबन्ने बताएका छन्।

ला लिगाको क्लब बार्सिलोनाले पोर्चुगलका मिडफिल्डर सिल्भाको अनुबन्धमा इच्छा देखाउँदै आएको छ ।

सिटीमा पाँच वर्ष बिताएका सिल्भाले चार पटक प्रिमियर लिगको उपाधि जितेका छन्  । नयाँ सिजनका लागि सिटीका रहिम स्टर्लिङ चेल्सी गएका थिए भने ग्याब्रियल जिसस र ओलेक्सेन्डर जिचेन्को आर्सनल गइसकेका छन् ।

‘जिचेन्को, स्टर्लिङ र जिसससँग काम गर्न सहज थियो । उनीहरुले सिटीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए,’ ग्वार्डिओलाले भने, ‘सबै खेलाडी सधै हामीसँग हुँदैनन् । खेलाडीको इच्छा महत्वपूर्ण कुरा हो । खेलाडीहरु यहाँ खुशी छन् भने बस्छन् अन्यथा नयाँ गन्तब्य रोज्छन् ।'

यसैगरी उनले भने, ‘सिल्भा यहाँ बस्छन् भने राम्रो हुनेछ । उनले क्लब छोड्ने निर्णय गरेमा खेलाडीको इच्छाको लागि क्लब बाधक बन्दैन । म सिल्भा अझै्र क्लबमा बसेको हेर्न चाहन्छु ।