चैत्र १०, २०८२ मंगलबार | ०१:५३:१५
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

छिट्टै मैदान फर्कने पोग्बाको विश्वास

मिलान । घुँडाको शल्यक्रियाको तयारीमा रहेका फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले विशषज्ञ चिकित्सकसँगको सुझावपछि हालका लागि घुँडाको थेरापी गराउने भएका छन् ।

पोग्बा यसै सिजन पूर्व क्लब युभेन्टस फर्किएका थिए । गत सिजनको अन्त्यसँगै उनले ओल्ड ट्राफोर्ड छोडेका थिए । प्रि-सिजन भ्रमणका लागि अमेरिका रहँदा पोग्बाले घुँडाको चोटको बारेमा क्लबलाई जानकारी गराएका थिए । 

युभेन्टसले पोग्बाको घुँडाको चोटको शल्यक्रिया हुने र उनी लामो समय मैदान बाहिर रहन सक्ने जनाएको थियो । लामो समय मैदान बाहिर रहँदा नोभेम्बरमा कतार विश्वकप नै गुमाउने हो की भन्ने चिन्ता पोग्बामा छ । 

पोग्बाले विश्वप्रसिद्ध घुँडाको सर्जन प्रोफेसर ब्रेटार्ड सोनेरी कोटलेटसँग लियोनमा भेट गरेको र उनकै सल्लाहमा शल्यक्रिया गर्ने तयारीबाट पछि हटेको बताइएको छ । थेरापीको पाँच सातापछि नै पोग्बा मैदान फर्कने अनुमान गरिएको छ ।

सन् २०१८ मा फ्रान्सले रुस विश्वकपको उपाधि जित्दा पोग्बा टोलीका प्रमुख खेलाडी थिए । फ्रान्स कतार विश्वकप २०२२ मा उपाधि रक्षा गर्न चाहन्छ । जसमा पुनः एक पटक पोग्बा आफ्नो प्रभावशाली उपस्थिती देखाउन चाहन्छन् ।

पोग्बाले सन् २०१२ देखी २०१६ सम्म युभेन्टसबाट खेलेका थिए । यस क्रममा उनले युभेन्टसबाट चार पटक इटालियन सिरी ‘ए’को उपाधि जितेका थिए । युनाइटेडमा उनको बसाई सुखद रहेन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो