माघ १८, २०८२ आइतबार | १०:०८:२२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेलाई सदस्यसचिव घिसिङको स्वागत

काठमाडौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

’देशकै सबैभन्दा लोकप्रिय खेल संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहान्छु । स्वयमसेवकको भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरु देश र व्यवसायिक क्लबहरुसँगको सम्बन्ध राम्रो होस्,’ स्वागतका क्रममा सदस्यसचिव घिसिङले भने ।

पाँडे जर्मन एनआरएन हुन् । सदस्यसचिव घिसिङले नेपाल र जर्मनीबीच संस्था र सरकारको तहमा खेलकुद विकासको लागि सम्बन्ध विस्तार गर्नको लागि पहल गर्न पनि आग्रह गरे ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टिटीआई युरोपमा निर्देशकसमेत रहेका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासको लागि सदैव पहल र सहयोग गर्न तयार रहेको बताए । उनले ४ वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजिनामा दिएका थिए ।

‘ए’ डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किएका उनले कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुन् । किकर्सले स्कटिस कोच ली मेन्सन (युइएफए बी लाइसेन्स) ल्याएर कपअन स्पोर्टस सेन्टर, कपनमा फुटबल एकेमेमी सञ्चालन गरिरहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।