फिफा वरीयता

नेपाली महिला फुटबल टिमको वरीयता सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयता सुधार भएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय एक स्थानमा छ । नेपालले वरीयतामा एक स्थान सुधार गरेको हो । यसअघि नेपाल वरीयताको एक सय २ स्थानमा थियो ।

महिला वरीयताको शीर्ष स्थानमा अमेरिका यथावत् छ । यस्तै, दोस्रो स्थानमा स्वीडेन, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौमा जर्मनी छन् ।

दक्षिण एसियामा भारत वरीयताको शीर्ष स्थानमा छ । भारत ५६औं स्थानमा छ । दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश वरीयताको एक सय ४६औं स्थानमा छ । यस्तै, चौथो स्थानमा रहेको श्रीलंका एक सय ४९औं स्थानमा छ । पाँचौ स्थानमा रहेको माल्दिभ्स एक सय ५३औं र छैटौं स्थानमा रहेको भुटान एक सय ७२औं स्थानमा छ ।