माघ १६, २०८२ शुक्रबार | १५:१२:३८
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एन्फा निर्वाचनः चार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचनका लागि उम्मेदवारी दिएका खुल्ला सदस्यका पदका उम्मेदवार धनकुटाका मणिकुमार लिम्बु, ताप्लेजुङका बालकुमार सावा, बाराका सम्भुसिंह ठकुरी र महिला सदस्यकी उम्मेदवार विमला पौडेलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले खेलाडीलाई जानकरी दिए ।

‘निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिएसँगै निर्वाचनका लागि ४९ जनाको उम्मेदवारी फाइनल भएको छ,’ भट्टराईले भने ।

एन्फा निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि आज (शुक्रबार) सम्मको समय तोकेको थियो ।

यसअघि निर्वाचन समितिले निर्धारित समयमा उम्मेदवारीवापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क नबुझाएको कारण बाराका सम्भुबहादुर सिंह ठकुरी रद्ध उम्मेदवारी गरेको थियो । तर, उनले सही कागजात र सबै प्रकृया पूरा गरेका कारण उनको उम्मेदवारी रद्ध गर्ने निर्णय फिर्ता भएको थियो । यद्यपि, ठकुरीको उम्मेदवारी सदर भए पनि उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।

यस्तै, निर्वाचन समितिले रमेश श्रेष्ठको उम्मेदवारी रद्ध गरेको थियो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगै फ्रेन्ड्स क्लबका राजीव पौड्यालको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र शिक्षित पराजुली छन् । पराजुली शेर्पा प्यानलबाट उठेका हुन् भने खड्का नेम्वाङ प्यानलका हुन् ।

यसैगरी उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा, विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशीको उम्मेदवारी परेको छ । सिंह, केसी, श्रेष्ठ र शर्माले शेर्पा प्यानलबाट तथा शाही, लामा, खतिवडा र जोशीले नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

चार जनाले नाम फिर्ता लिएसँगै खुल्ला सदस्यमा कुल ३२ जनाको उम्मेदवारी परेकोमा समितिले सदर गरेको छ । भरतबहादुर बुढ थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर राउत कुर्मी, मणिराज विष्ट, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा, कुमार कटुवाल, प्रविणकुमार यादव, कृष्णमुरारी गुरुङ, रमेश ब्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकासनारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रविणकुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र सिख्राकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षेत्रीको उम्मेदवारी समितिबाट सदर भएको छ । खुल्ला सदस्यमा १३ जना निर्वाचित हुन्छन् ।

यसैगरी दुई महिला सदस्यका लागि परेका अब चार उम्मेदवारी सदर भएको छ । महिला सदस्य पदका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ, पेमा डोल्मा लामा र विना श्रेष्ठले दिएका उम्मेदवारी सदर भएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।