चैत्र १३, २०८२ शुक्रबार | ०५:३३:३४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एन्फा निर्वाचनः चार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचनका लागि उम्मेदवारी दिएका खुल्ला सदस्यका पदका उम्मेदवार धनकुटाका मणिकुमार लिम्बु, ताप्लेजुङका बालकुमार सावा, बाराका सम्भुसिंह ठकुरी र महिला सदस्यकी उम्मेदवार विमला पौडेलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले खेलाडीलाई जानकरी दिए ।

‘निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिएसँगै निर्वाचनका लागि ४९ जनाको उम्मेदवारी फाइनल भएको छ,’ भट्टराईले भने ।

एन्फा निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि आज (शुक्रबार) सम्मको समय तोकेको थियो ।

यसअघि निर्वाचन समितिले निर्धारित समयमा उम्मेदवारीवापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क नबुझाएको कारण बाराका सम्भुबहादुर सिंह ठकुरी रद्ध उम्मेदवारी गरेको थियो । तर, उनले सही कागजात र सबै प्रकृया पूरा गरेका कारण उनको उम्मेदवारी रद्ध गर्ने निर्णय फिर्ता भएको थियो । यद्यपि, ठकुरीको उम्मेदवारी सदर भए पनि उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।

यस्तै, निर्वाचन समितिले रमेश श्रेष्ठको उम्मेदवारी रद्ध गरेको थियो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगै फ्रेन्ड्स क्लबका राजीव पौड्यालको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र शिक्षित पराजुली छन् । पराजुली शेर्पा प्यानलबाट उठेका हुन् भने खड्का नेम्वाङ प्यानलका हुन् ।

यसैगरी उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा, विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशीको उम्मेदवारी परेको छ । सिंह, केसी, श्रेष्ठ र शर्माले शेर्पा प्यानलबाट तथा शाही, लामा, खतिवडा र जोशीले नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

चार जनाले नाम फिर्ता लिएसँगै खुल्ला सदस्यमा कुल ३२ जनाको उम्मेदवारी परेकोमा समितिले सदर गरेको छ । भरतबहादुर बुढ थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर राउत कुर्मी, मणिराज विष्ट, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा, कुमार कटुवाल, प्रविणकुमार यादव, कृष्णमुरारी गुरुङ, रमेश ब्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकासनारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रविणकुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र सिख्राकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षेत्रीको उम्मेदवारी समितिबाट सदर भएको छ । खुल्ला सदस्यमा १३ जना निर्वाचित हुन्छन् ।

यसैगरी दुई महिला सदस्यका लागि परेका अब चार उम्मेदवारी सदर भएको छ । महिला सदस्य पदका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ, पेमा डोल्मा लामा र विना श्रेष्ठले दिएका उम्मेदवारी सदर भएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो