सहिद स्मारक ‘सी’ डिभिजन लिग

स्वयम्भु र सानेपा विजयी

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भु क्लबले ओसिस क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा स्वयम्भुलाई जित दिलाउन ललित चौलागाईले छैटाैं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै स्वयम्भुले लिगमा आठ खेलबाट नौ अंक जोडेको छ । स्वयम्भुको यो दोस्रो जित हो । यस्तै, समान खेल खेलको ओसिसको भने एक अंक छ । ओसिसले लिगमा हालसम्म जित निकाल्न सकेको छैन ।

आजै भएको अर्को खेलमा सानेपा क्लबले मनोहरा क्लबलाई ३–१ ले पराजित गर्यो । जितसँगै सानेपाले आठ खेलबाट १६ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको मनोहराको १२ अंक छ ।