लन्डन । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले म्याचेस्टर युनाइटेडविरुद्धको खेलमा दुई गोल गरेसँगै पछिल्लो ६ खेलको गोलविहिन यात्रा तोडेका छन् ।
मंगलबार राति प्रिमियर लिगअन्तर्गत लिभरपुलले युनाइटेडमाथि ४–० को जित निकाल्दा सलाहले दुई गोल गरेका थिए । यसअघि सबैखाले प्रतियोगितामा गरी लिभरपुलले खेलेको पछिल्लो ६ खेलमा सलाहले गोल गर्न सकेका थिएनन् ।
युनाइटेडसँगको जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ३२ खेलबाट ७६ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ ।
‘मैले लिभरपुलबाट धेरै गोल गरिसकेको छु र यो क्रम जारी छ,’ सलाहले भने, ‘यद्यपि, कुनै बेला भाग्यले साथ दिँदैन । व्यक्तिगत उपलब्धिभन्दा टिमको जित महत्वपूर्ण हो । यसैकारण टिमको जित नै मेरो खुसी हो ।’
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
