पुस २५, २०८२ शनिबार | ०२:०२:०१
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कार्यवहाक कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको एफसीले भारतीय महिला लिगमा आज सातौं खेल खेल्दैछ ।

शुक्रबार कोलकत्तामा हुने खेलमा उसले गर्वाल युनाइटेड एफसीसँग नेपाली समयअनुसार २ः३० बजे प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सेथुले पहिलो खेलमा किकस्टार्सलाई २–१, चौथो खेलमा नीता फुटबल एकेडेमीलाई ४–२, पाँचौं खेलमा सेसा फुटबल क्लबलाई ५–०  र छैटौं खेलमा नीता फुटबल एकेडेमीलाई २–१ ले हराएको थियो । तेस्रो खेलमा गोकुलम केरेलासँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । यसअघि दोस्रो खेलमा इष्ट बंगालसँग टोली १–० ले पराजित भएको थियो ।

सेथु ६ खेल खेलिसक्दा ४ जितसहित १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । लगातार पाँच जितपछि इष्ट बंगाल शीर्ष स्थानमा छ । नीता एफसी १० अंकसहित तेस्रो स्थानमा रहँदा गर्वाल एफसी ९ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

अञ्जिला चलिरहेको भारतीय लिग खेल्ने एक्ली नेपाली खेलाडी हुन् । उनी तेस्रो पटक सेथुबाट खेलिरहेकी छिन् । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||