पुस २५, २०८२ शनिबार | १०:३१:५६
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान
शनिबारको दिन शनिबारको दिन

अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  गत आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली आईसीसी महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको थियो ।  प्रतियोगिता २२ माघदेखि ९ फागुनसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुँदै छ ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यस्तै, सीता रानामगर, सोमुु विष्ट र काजल श्रेष्ठ टोलीमा फर्किएका छन् ।

नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष चार टोलीले इङ्ल्यान्डमा हुने महिला ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालसँगै थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाव्वे समूह ‘बी’ तथा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका समूह ‘ए’ मा छन् । समूह चरणको खेलपछि शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन् ।

नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यसैगरी, नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बाब्वे र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । जिम्बाब्वे र स्कटल्यान्ड नेपालका लागि नयाँ प्रतिस्पर्धी हुन् ।

पूजाको कप्तानीमा नेपालले आईंंसीसी युु–१९ विश्वकप पनि खेलिसकेको छ ।  

यस्ता छन् नेपाली खेलाडीइन्दु बर्माइन्दु बर्मा नेपाली राष्ट्रिय टिमको कप्तान हुन् । अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेकी इन्दुले छोटो समयमै टोलीको नेतृत्व गर्ने अवसर पाएकी हुन् । क्यानले सन् २०२३ मा रुबिना क्षेत्रीलाई हटाएर इन्दुुलाई नयाँ कप्तान बनाएको थियो । उनले नेपालका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित  १ हजार ४१ रन बनाएकी छन् । उनी १ हजार रन पार गर्ने एक मात्र नेपाली खेलाडी हुन् । इन्दुले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यूू गरेकी थिइन् ।

पूूजा महतोक्यानले पूूजा महतोलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको छ । युु–१९ टोलीको कप्तान रहिसकेकी पूूजाले छोटो समयमा नै आफूूलाई राष्ट्रिय टोलीको महत्त्वपूूर्ण सदस्यका रूपमा स्थापित गरिसकेकी छन् । पूूजाले टोलीका लागि ४२ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई अर्धशतकसहित ५३९ रन बनाएकी छन् । यसैगरी, उनको नाममा २८ अन्तर्राष्ट्रिय विकेट पनि छ । पूजाको कप्तानीमा नेपालले आईंंसीसी युु–१९ विश्वकप पनि खेलिसकेको छ ।     रुविना क्षेत्रीरुविना क्षेत्रीले सन् २००९ मा सिंगापुरविरुद्धको खेलमार्फत नेपालको सिनियर महिला टोलीका लागि डेब्यूू गरेकी थिइन् । उनले सन् २०१२ देखि २०२३ सम्म नेपाली टोलीको कप्तानी जिम्मेवारी पनि सम्हालेकी थिइन् । उनले सन् २०१९ मा चीनविरुद्ध पहिलो महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । रुविनाले नेपालका लागि ७९ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक शतक र एक अर्धशतकसहित ९५१ रन बनाएकी छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । रुविनाको नाममा ४५ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

सीता रानामगरसीता रानामगर पहिलो पुस्ताकी क्रिकेटर हुन् । उनले सन् २००७ मा थाइल्यान्डविरुद्धको खेलमार्फत नेपाली सिनियर क्रिकेट टोलीका लागि डेब्यूू गरेकी थिइन् । राष्ट्रिय टोलीमा उपकप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी सीताले सन् २०१९ मा चीनविरुद्ध पहिलो महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । सीताले ६३ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित ९६५ रन बनाएकी छन् । यसैगरी उनको नाममा ५८ विकेट पनि छ ।

सम्झना खड्कायुवा खेलाडी सम्झना खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको धेरै समय भएको छैन । तर, उनले राष्ट्रिय क्रिकेट टोलीमा आफूूलाई महत्त्वपूर्ण सदस्यका रूपमा स्थापित गराइसकेकी छन् । सम्झनाले सन् २०२३ मा मलेसियाविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेकी थिइन् । उनले ४१ अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित ४०० रन बनाएकी छन् ।

विन्दुु रावलविन्दु रावलले अन्तर्राष्ट्रिय किरयर सुरु गरेको ६ वर्ष भइसकेको छ । तर उनले नियमित रूपमा राष्ट्रिय टोलीमा स्थान बनाउन भने सकेकी छैनन् । विन्दुले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय कियरको सुरुवात गरेकी थिइन् । उनले ४३ महिला टी–२० अन्तर्राष्ट्रिय खेलमा २७४ रन बनाएकी छन् ।

काजल श्रेष्ठकाजल श्रेष्ठ नेपाली क्रिकेटमा चर्चा कमाएकी खेलाडी हुन् । उनले पनि नियमित रूपमा भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेकी छैनन् । सन् २०१९ देखि नै नेपाली राष्ट्रिय टोलीको हिस्सा रहेकी काजलले ४८ खेलमा मात्र मौका पाएकी छन् । जसमा उनले ३०२ रन बनाएकी छन् । काजलले चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकी थिइन् ।

कविता कुुँवरकविता कुँवरले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा डेब्यूू गरेकी थिइन् । उनले नेपालका लागि ६१ अन्तर्राष्ट्रिय खेलमा ३६७ रन बनाएकी छन् । उनको नाममा ५६ विकेट पनि छ ।

रचना चौधरी भर्खरै मात्रै महिला टी–२० अन्तर्राष्ट्रियमा पाइला चालेकी रचना चौधरीले नेपालका लागि १३ खेल खेलेकी छन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई गत फेबुुअरीमा सिनियर टोलीमा मौका दिइएको थियो । थाइल्यान्डविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूू गरेकी रचनाले नेपालका लागि पाँच अन्तर्राष्ट्रिय विकेट लिनुका साथै दुुई रन पनि बनाएकी छन् ।

मनिषा उपाध्यायउदीयमान खेलाडी मनिषा उपाध्यायले अन्तर्राष्ट्रिय किरयर सुुरु गरेको लामो समय भएको छैन । गत वर्षको जनवरीमा नेदरल्यान्डसविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा पाइला चालेकी मनिषाले आठ खेलमा मौका पाएकी छन् । उमेर समूूहमा पनि नेपालको प्रतिनिधित्व गरेकी मनिषाले १२ अन्तर्राष्ट्रिय विकेट लिएकी छन् ।

कविता जोशीकविता कुँवरले पछिल्लो समय नियमित रूपमा राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । उनले सन् २०२१ मा कतारविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय कियरको सुरुवात गरेकी थिइन् । कविताले ५४ अन्तर्राष्ट्रिय खेलमा २७१ रन बनाउनुका साथै २१ विकेट पनि लिएकी छन् ।

रिया शर्मारियाले अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेको एक वर्षपनि पुुगेको छैन । तर, उनले नियमित रूपमा राष्ट्रिय टोलीमा मौका पाइरहेकी छन् । उमेर समूूहमा उत्कृष्ट प्रदर्शन गरे पछि रियाले गत मार्चमा नामिबियाविरुद्धको खेलमार्फत सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूको अवसर पाएकी थिइन् । रियाले १६ खेलमा सात रन बनाउनुका साथै दुई विकेट लिएकी छन् ।

रोमा थापा रोमाले पनि सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेकी थिइन् । तर, उनले नियमित रूपमा भने टोलीमा मौका पाइरेहकी छैनन् । रोमाले ३२ अन्तर्राष्ट्रिय खेलमा १२० रन बनाएकी छन् ।

सोमुु विष्टसोमु विष्टले नेपाली राष्ट्रिय टोलीमा टोलीमा नियमित रूपमा मौका पाएकी छैनन् । उनले सन् २०२३ मा थाइल्यान्डविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय करियरको सुरुवात गरेकी थिइन् । सात खेलमा मौका पाएकी सोमुुले सात खेलमा चार विकेट लिनुका साथै ६ रन बनाएकी छन् ।

राजमती ऐरीराजमती ऐरीले राष्ट्रिय टोलीमा स्थान बनाएको धेरै समय भएको छैन । उमेर समूूहमा राम्रो प्रदर्शन गरेपछि उनलाई गत फेब्रुुअरीमा डेब्यूूको अवसर दिइएको थियो । थाइल्यान्डविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेकी राजमतीले १० खेलमा ४० रन बनाउनुका साथै आठ विकेट पनि लिएकी छन् ।