काठमाडौं । इङ्लिस प्रिमियर लिगमा बुधबार राति म्यानचेस्टर सिटी र एस्टन भिल्ला दुवै बराबरीमा रोकिएका छन् । दुबै अंक बाढ्न पुग्दा त्यसको प्रत्यक्ष फाइदा शीर्ष स्थानको आर्सनललाई भएको छ ।
सिटीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । भिल्ला पनि क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्यो ।
खेलमा सिटीले इर्लिङ हालान्डको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । इतिहादमा काओरु मितोमाले बराबरी गोल फर्काएका थिए ।
हालान्डले सिटीका लागि गरेको गोल संख्या १ सय ५० पुगेको छ । सिटीको २१ खेलबाट ४३ अंक भएको छ । भिल्ला पनि ४३ अंकमै रह्यो । आर्सनल भने ४८ अंकमा शीर्ष स्थानमा छ ।
प्रमियर लिगकै अन्य खेलमा दस खेलाडीमा सीमित चेल्सी भने फुलहमसँग २–१ ले पराजित भयो । यस्तै बर्नमाउथले टोटनहमलाई ३–२, ब्रेन्टफोर्डले सन्डरल्यान्डलाई ३–० र न्युकासल युनाइटेडले लिड्स युनाइटेडलाई ४–३ ले हराए । एभरटन र उल्भ्सले भने १–१ को बराबरी खेलेका छन् ।
