काठमाडौं । रियाल मड्रिडड फाइनलमा पुगेसँगै स्पेनिस सुपरकपको फाइनल ‘अल क्लासिको’ हुने भएको छ ।
बिहीबार राति रियालले दोस्रो सेमिफाइनलमा छिमेकी एट्लेटिको म्याड्रिडलाई २–१ ले हराउँदै बार्सिलोनासँगको भेट पक्का गरेको हो । बार्सिलोनाले यसअघि पहिलो सेमिफाइनलमा एथलेटिको बिलबाओलाई हराएको थियो ।
अब आइतबार हुने फाइनलमा स्पेनी फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी बार्सिलोना र रियल भिड्ने छन् ।
साउदी अरेबियाको जेद्दामा भएको खेलमा रियलका लागि फेड भाल्भेरडो र रोड्रिगोले गोल गरे । एट्लेटिकोको तर्फबाट एलेक्जान्डर सोरलोथले एक गोल फर्काएका हुन् । सबै प्रतियोगितामा गरेर रियलको यो लगातार पाँचौं जित हो ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
