काठमाडौं । परिस्थिति जस्तै किन नहोस,‘एल क्लासिको’ भनेको कम्तीको हुन्न नै । जति बेला स्पेनी फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिड एक आपसमा भिड्छन्, त्यसको अर्थ छुट्टै हुन्छ । भोलि आइतबार पनि एउटा अर्को ‘अल क्लासिको’ को अवसर जुरेको छ ।
तर यसपल्ट यो महाभिडन्त स्पेनी भूमिा हुन लागेको छैन्, बरु त्यसबाट धेरै टाढा साउदी अरेबियामा हुँदैछ, त्यो नि जेद्दामा । खेलकुदको माध्यमबाट आफूलाई शक्तिशाली सावित गर्ने प्रयासमा रहेको देशमा ।
यसपल्टको यो खेलले उपाधि पनि दिलाउने छ । स्पेनी फुटबल संघ र साउदी अरेबियाबीच एउटा सम्झौता भएको थियो, स्पेनी घरेलु फुटबलको दोस्रो ठूलो कप प्रतियोगिता स्पेनिस सुपर कप त्यहाँ गराउने । त्यसै अनुसार यो प्रतियोगिता भइरहेको छ ।
स्पेनी घरेलु फुटबलको सबैभन्दा ठूलो कप प्रतियोगिता भनेको कोपा डेल रे नै भयो । त्यसपछि स्पेनिस सुपर कप नै भयो । यसमा चार टिम भिड्ने गर्छन् । दुई टिम ला लिगाबाट । दुई टिम कोपा डेल रेबाट ।
अहिलेका लागि बार्सिलोना लयमा छ भन्दा हुन्छ । त्यसैले बार्सिलोना ला लिगामा पनि उपाधिका लागि बलियो दावेदार रहेको छ ।
यसपल्ट बार्सिलोनाले सुरुमा एथलेटिको बिलबाओलाई हरायो, सजिलै ५–० । त्यसपछि रियलले अर्को खेलमा आफ्नो छिमेकी क्लब एटलेटिको म्याड्रिडलाई हराएको थियो, २–१ । यो सिजन बार्सिलोना र रियलले जसरी आफ्नो यात्रा तय गरिरहेका छन्, अब यो यात्राले कस्तो रुप लिनेछ, त्यो पनि खालि अनुमानकै विषय हो । त्यसैले पनि अहिलेको फाइनलको खास अर्थ छ, सायद यसले अबको स्पेनी फुटबल सिजन कतातिर जानेछ, त्यो तय गर्नेछ ।
अहिलेका लागि बार्सिलोना लयमा छ भन्दा हुन्छ । त्यसैले बार्सिलोना ला लिगामा पनि उपाधिका लागि बलियो दावेदार रहेको छ । उसको १६ खेलबाट ४९ अंक छ र शीर्ष स्थानमा छ । यसको पछाडि अपेक्षा अनुसार रियल नै छ, चार अंकको दूरीमा ।
बार्सिलोनामा अहिलेको लागि सबथोक राम्रो चलिरहेको छ भन्दा हुन्छ । रियलमा भने त्यस्तो छैन् । सन् २०२५ को अन्त्यतिर लगातार खराव प्रदर्शनपछि भनिएको थियो, अब प्रशिक्षक ज्याभी एलोन्सो वर्खास्तीमा पर्नेछन् ।
तर जनवरी लागेयता रियलको लय फर्केको छ र उसले पनि लगातार जितिरहेको छ । तर पनि रियलले त्यस्तो चुनौती पेस गर्न सकेको छैन्, जसले बािर्सलोनाको बाटो छेक्न सकोस । एउटा तथ्य के सोच्न लायक छ भने ला लिगामा दुई टिमबीचको अन्तर धेरे छैन्, यो कुनै पनि बेला तलमाथि हुन सक्छ । रियलको खासमा आश भनेकै यही हो । अर्कोतर्फ बार्सिलोनाको इच्छा हुनेछ, लगातार राम्रो खेल्दै जाने, सक्दो धेरै उपाधि जित्ने ।
फेरि ला लिगाको उपाधि होडमा यिनै दुई टिम मात्र छन् । यसपल्टको ‘एल क्लासिको’ को अर्थ भनेकै यही हो ।
स्पेनिस सुपरकपको उपाधि बार्सिलोनाले जित्यो भने त्यसले उसको उत्साह नै अर्को हुनेछ । होइन्, हार सामना गर्नु परेको खण्डमा रियलले भन्न सक्नेछ, हामी अन्त्यसम्म पनि बार्सिलोनालाई चुनौती दिइरहने छौं ।
एउटा दुईटा खेलको नतिजा हाम्रो पक्षमा रहेन भन्दैमा रियल चुप लागेर बस्ने टिम पनि त होइन् । फेरि ला लिगाको उपाधि होडमा यिनै दुई टिम मात्र छन् । यसपल्टको ‘एल क्लासिको’ को अर्थ भनेकै यही हो ।