पुस २५, २०८२ शनिबार | १०:१९:५४
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान
शनिबारको दिन

समस्या नै समस्यामा इङ्ल्यान्ड

काठमाडौं । जति बेला अस्ट्रेलियाले एसेज सिरिज २०२५–२०२६ का लागि इङ्ल्यान्डको आथित्य गर्ने चर्चा चलिरहेको थियो, धेरैलाई लागेको थियो, यसपल्ट घरेलु टिमलाई सजिलो छैन् । यसको कारण थियो, अस्ट्रेलियाका प्रमुख बलरहरू चोटका कारण सिरिजमा उपस्थिति नहुने । यस्तोमा इङ्ल्यान्डलाई सम्भावित विजेता मानिएको थियो ।

त्यसमाथि इङ्ल्यान्डले जुन फ्रकारले आक्रमण क्रिकेट खेलिरहेको थियो, त्यसलाई रोक्न अस्ट्रेलिया सक्षम नहुने अनुमान पनि थियो ।

तर भइदियो उल्टो । सिड्नीमा भएको पाँचौं तथा अन्तिम टेस्ट टुंगेयता पाँच खेलको सिरिजमा अस्ट्रेलिया ४–१ ले विजयी रह्यो । इङ्ल्यान्ड खालि मेलबर्नमा भएको चौथो टेस्टमा मात्र विजयी रह्यो । अन्यथा पूरा सिरिजमा अस्ट्रेलिया सबै अर्थमा उत्कृष्ट रह्यो भन्दा हुन्छ । 

अस्ट्रेलियामा आफ्नो टिमको प्रदर्शन साँच्चै यति धेरै खराव किन रह्यो भनेर अब छानविन हुनेछ ।

सुरुआती तीन टेस्ट सजिलै जितेर अस्ट्रेलियाले सिरिजमा निर्णायक ३–० को अग्रता लिएको थियो । त्यो पनि ११ दिन मात्रको खेलपछि नै । त्यसपछि त अस्ट्रेलियाले फर्केर नै हेर्नु परेन् ।

अस्ट्रेलियाका दोस्रो रोजाईका बलर नै पर्याप्त रह्यो, इङ्ल्यान्डलाई धरासायी बनाउन । यस्तो एकातर्फ सबैले अस्ट्रेलियाली टिमको प्रशंसा गरिरहेको छ । अर्कोतर्फ इङ्ल्यान्डको चर्को आलोचना । सायद धेरै क्रिकेट प्रेमी भने इङ्ल्यान्डको कमजोरी खुलाउन मै ब्यस्त छन् भन्दा हुन्छ । यसको अर्थ के भन्दा पूरा सिरिजमा इङ्ल्यान्डको प्रदर्शन कुनै पनि अर्थमा राम्रो रहेन्, चाहे त्यो ब्याटिङ होस अथवा बलिङ । अथवा फिल्डिङ नै सही, सबैमा फितलो रह्यो ।

यसको दोष कसलाई दिने त ? अब यो प्रश्न महत्त्वपूर्ण भएको छ । त्यसैले इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले एउटा निर्णय पनि गरेको छ र त्यस अनुसार अस्ट्रेलियामा आफ्नो टिमको प्रदर्शन साँच्चै यति धेरै खराव किन रह्यो भनेर अब छानविन हुनेछ ।

त्यसले इङ्ल्यान्ड टिममा रहेका कमजोरी पत्ता लाउने छ । बोर्डको पनि आफ्नै धेरै कमजोरी रहे । जस्तो सिरिजका लागि भनेर टिमको तयारी नै राम्रो रहेन्, विना योजना इङ्ल्यान्ड अस्ट्रेलिया पुगेको जस्तो थियो ।

अझ सबैभन्दा ध्यान दिन योग्य पक्ष के रह्यो भने इग्लिस खेलाडीको मैदान बाहिरको प्रदर्शन राम्रो रहेन् । टिम एकातर्फ नराम्रोसँग हारिरहेको थियो, अर्कोतर्फ खेलाडी भने मोजमस्तीमै लागिरहेका थिए । विशेषतः सिरिजका बीचमा खेलाडी बािहर गएर मदिरा पिएको र उपद्रो मच्चाएको कुरा पनि बाहिर निस्के । यसले स्वंय टिमको छवि पनि बिग्रेको छ । आलोचनाको एउटा पक्ष प्रशिक्षक ब्रेन्डन म्याककलमको अत्याधिक आक्रमक त्रिकेट पनि रहेको छ ।

म्याककलम पनि मानेका छन्, टिममा साँच्चै सुधारका धेरै ठाउँछ । अब इङ्ल्यान्डको ध्यान यसमै केन्द्रित हुनेछ ।

त्यस अनुसार स्थिति जस्तै किन नहोस, आक्रमक भएर खेल्ने । टेस्ट क्रिकेटमा यस्तो नीति जहिले पनि ठीन नहुने अब निश्चित भएको छ, कम्तीमा यही सिरिजको नतिजाले त्यो प्रस्ट पारेको छ । अब के हुन्छ त ?

बेलायती मिडियालाई मान्ने हो भने तत्कालका लागि इङ्लिस टिममा खासै धेरै परिवर्तन हुने छैन् । कप्तानमा बेन स्टोक्स नै कायम रहने छन् । अनि प्रशिक्षकमा म्याककलम नै । यस्तो किन भन्दा लगभग यही टिमले एक महिनापछि ट्वान्टी २० विश्वकप खेल्दैछ ।

यसबीच कप्तान स्टोक्सै तर्फबाट एउटा बयान भने आएको छ । त्यस अनुसार उनले स्विकारेका छन्, टिमको प्रदर्शन राम्रो भएन नै । तर यस्तो स्थिति कुनै पनि देशको क्रिकेटमा हुन सक्छ ।

त्यसैले स्टोक्स के मान्छन् भने अस्ट्रेलियामा बेहोरेको हार पनि एउटा शिक्षा नै हो । यसबाट सिकेर अगाडि बढ्नु भन्दा अर्को विकल्प छैन् । म्याककलम पनि मानेका छन्, टिममा साँच्चै सुधारका धेरै ठाउँछ । अब इङ्ल्यान्डको ध्यान यसमै केन्द्रित हुनेछ ।