मंसिर २७, २०८२ शनिबार | ००:०५:४३
‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट

अनन्तको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल

तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । सेन्टरब्याक अनन्त तामाङले थप गरिएको इन्जुरी समयमा गोल गरेपछि नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार टारेको छ ।

बिहीबार ढाका राष्ट्रिय रंगशालामा नेपालले घरेलु टोलीविरुद्ध २–२ को बराबरी खेलेको हो । अनन्तले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अट्याकिङ मिडफिल्डर दीनेश हेन्जनको कर्नर क्रसमा ‘फ्लिक’ गोल गरे ।

उप-कप्तान रोहित चन्दको दोस्रो अन्तर्राष्ट्रिय गोलमा नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध १-० को अग्रता बनाएको थियो । रोहितले खेलको २९औं मिनेटमा गोल गरेका थिए ।

पेनाल्टी बक्स भित्रबाट लेफ्टब्याक सुमित श्रेष्ठले दिएको कटब्याकलाई बक्स बाहिर रहेका रोहितले शक्तिशाली ‘राइट फुटेड लोअर’ प्रहार गरे र बललाई जाली चुमाए । बंगलादेशका गोलकिपर मितुल मर्माले प्रतिक्रिया जनाएपनि रोहितको प्रहारलाई बचाउन सकेनन् ।

दोस्रो हाफमा इङ्लिस क्लब लेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका हाम्जा चौधरीले सुरुआती पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि बंगलादेशले २–१ को अग्रता लिएको थियो । ४६औं मिनेटमा हाम्जाले कप्तान जमल भुयाँको लोफ्टेड पासमा सुन्दर ‘ओभर हेड बाइसाइकल किक’ गोल गरे । चार मिनेटपछि उनी पेनाल्टीमा सफल भए । यसअघि स्ट्राइकर राकीब होसेनलाई सेन्टरब्याक सुमन श्रेष्ठले ‘फउल’ गरेपछि बंगलादेशले सेटपीस अवसर प्राप्त गरेको थियो ।

तस्विर सौजन्यः एन्फा ।

यसबाहेक खेलको ६२औं मिनेटमा दीनेशको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्ड बलमा लाकेन लिम्बूले टच दिन सकेनन् ।

पहिलो हाफमा बंगलादेशले दुई अवसरमा गोल गर्न सकेन । ३६औं मिनेटमा राइटब्याक साद उद्दीनको ‘थ्रु’ पासमा राकीब होसेनको प्रहारलाई अनन्तले ब्लक गरिदिए । त्यसपछि राकीबको क्रसमा अट्याकिङ मिडफिल्डर फैजल अहमद फहिमको हेडर किरणले सहजै बचाए ।

यसै खेलमार्फत सेन्ट्रल मिडफिल्डर दीपेश गुरुङ र अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पहिलो अन्तर्राष्ट्रिय ‘क्याप’ जिते ।

दीपेशले खेलको ६०औं मिनेटमा आयुष घलान र आदित्यले मणिकुमार लामालाई ८६औं मिनेटमा प्रतिस्थापन गरेका थिए । मुख्य प्रशिक्षक हरि खड्काले पनि पहिलोपटक सिनियर टोलीको टचलाइन सम्हाले ।

नेपालले अब पाँच दिनपछि एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत तेस्रो चरणको पाँचौं खेलमा मलेसियासँग खेल्नेछ । एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II