मंसिर २७, २०८२ शनिबार | ००:१२:२६
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

काठमाडौंलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डौं  गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई लाइफ इन्सोरेन्स पार्टनरका रूपमा भित्र्याएको छ ।

काठमाडौंका कार्यकारी निर्देशक अनुभव सिरोहिया र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सका ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरेको उपस्थिति थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाली खेलकुद क्षेत्रमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

काठमाडौंका कार्यकारी निर्देशक अनुभव सिरोहिया र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । का कार्यकारी निर्देशक सिरोहियाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साथमा एनपीएलमा बलियो उपस्थिति जनाउन सक्दो प्रयास गर्ने बताए ।

विगत ८ वर्षदेखि सञ्चालनमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशैभरीबाट ११५ कार्यालयमार्फत आफ्नो जीवन बीमा सम्बन्धी उच्चस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्स छन् ।

यसैगरी काठमाडौंले अफिसियल एजुकेसन पार्टनरका रूपमा आइआइएमएस कलेज तथा नलेज पार्टनरका रूपमा जाम्बेरी एजुकेसन नेपालसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।

यस्तै काठमाडौंलाई शैक्षीक परामर्श संस्था केआइइसीले प्रायोजकका रूपमा साथ दिएको छ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन, दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौंले उद्घाटन खेलमा जनकपुरको सामना गर्नेछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II