मंसिर २७, २०८२ शनिबार | ००:१५:४५
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट

लालिगुराँस एसोसिएसन क्लब, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । चित्लाङ एफसीमाथि ३-० को सहज जित हासिल गर्दै लालिगुँरास एसोसिएसन क्लब राष्ट्रिय लिगमा छनोट भएको छ ।

मंगलबार प्रतियोगिताको सातौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा लालिगुँरासलाई जित दिलाउन लछ्छु थापा, आशिष गुरुङ र सुलेमान थापामगरले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लालिगुँरासले दोस्रो हाफमा दुई गोल थपेको हो ।

जितसँगै लालिगुँरास यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ । तीन खेलमा सात अंक जोडेको लालिगुँरासले कम्तिमा पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ । यसअघि विजयी स्पोर्टससँग गोलरहित बराबरी खेलेको लालिगुँरासले जन जागृति युवा क्लबमाथि ४-० को सानदार जित हासिल गरेको थियो ।

तीन खेलमा चार अंक जोडेको चित्लाङको यो पहिलो हार हो । पहिलो खेलमा देउराली युथ क्लबमाथि ४-१ को जित हासिल गरेको चित्लाङले त्यसपछि विजयी स्पोर्टससँग १–१ को बराबरी खेलेको थियो । बिहीबार अन्तिम खेलमा जन जागृतिलाई पराजित गरे चित्लाङले पनि राष्ट्रिय लिगमा स्थान बनाउने समीकरण बनेको छ ।

मिडफिल्ड ब्याटलः लालिगुँरासका दीवस छन्त्याल र चित्लाङका जय गुरुङ बलका लागि संघर्ष गर्दै, तस्विर सौजन्यः एन्फा ।

दिनको पहिलो खेलमा जन जागृतिले विजयी स्पोर्टसलाई १-१ को बराबरीमा रोकेपछि यो समीकरण बनेको हो ।

विजयी स्पोर्टस लगातार दोस्रो जित हासिल गर्दै राष्ट्रिय लिगका लागि छनोट हुने तरखरमा थियो । तर, जन जागृतिका लागि हरिहर बुढामगरले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको हार टारे । यसअघि पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा आरोन थापाले विजयी स्पोर्टसलाई अग्रता दिलाएका थिए ।

यो नतिजासँगै विजयी स्पोर्टसले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसीसँग बराबरी खेलेको विजयी स्पोर्टसले अघिल्लो खेलमा देउरालीमाथि ४-१ को सानदार जित हासिल गरेको थियो । बराबरीसँगै विजयी स्पोर्टसको राष्ट्रिय लिगमा छनोट हुने चुनौतीमा धक्का पुग्यो । अब चित्लाङले जन जागृतिसँग बराबरी खेले मात्र विजयी स्पोर्टसले सेमिफाइनलमा स्थान बनाउनेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने समीकरण छ । सेमिफाइनल पुग्ने टोलीले राष्ट्रिय लिग खेल्नेछन् । समूह ‘बी’बाट काँक्रे बिहार राष्ट्रिय लिगमा छनोट भइसकेको छ ।

प्रतियोगिताको आठौं दिन बुधबार समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा टाइगर्स टिमले नव जन जागृति क्लबसँग खेल्नेछ । दिउँसो ३ः१५ बजे हुने दोस्रो खेलमा गाईघाट एफसीले हैरान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तो छ समूह ‘ए’को तालिकाः


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II