मंसिर २७, २०८२ शनिबार | ०१:१९:५१
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल

काठमाडौं । सौगात ढकाल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजको ‘आइकोनिक खेलाडी’ बनेका छन् ।

मंगलबार सम्पन्न  ‘ट्यालेन्ट हन्ट’बाट लेग स्पिनर सौगात उत्कृष्ट ठहरिँदै चितवनको टोलीमा छानिएका हुन् । यसैगरी चितवनले सक्रिय कार्की र नरेश प्रधान डेभलपमेन्ट स्क्वाडमा राखेको छ ।

कुशल मल्ल मार्की रहेको चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला र दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको छ ।

यसैगरी कलाम अलीको प्रशिक्षणमा रहेको चितवनले मिनी अक्सनबाट देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई अनुबन्ध गरेको थियो ।

टोलीले विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका डेविड मलान, रवि बोपारा र सैफ जैब, पाकिस्तानका सोहेल तान्वीर तथा युगान्डाका अलराउन्डर अल्पेश रामजानीलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि चितवनसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिको दौडमा छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II