आश्विन ९, २०८२ शुक्रबार | ०५:१५:००
साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार

साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा

काठमाडौं । नेपालमाथि ३-० को जित हासिल गर्दै भारत दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

भारतले नेपालमाथि दबाब बनाए पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन ।

खेलको १४औं मिनेटमा गुनलेइबा वाङखेयराक्पामको प्रहार गोलकिपर राम बोहरासम्म नपुग्दै राइटब्याक भुवन कामीले खतरालाई टारिदिए । त्यसको केही सकेन्ड्समै भारतले पुनः नेपालमाथि खतरा बुनेको थियो । तर, डल्लामुवन गाङ्टेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको २५औं मिनेटमा माल्दिनो सिंह युमनामले पेनाल्टी बक्स बाहिरबाट दिएको सुन्दर क्रसमा फरवार्ड रहान अहमदको ‘फ्रि हेडर’ले पोस्टको दिशा लिन सकेन । विपक्षी रक्षापङ्क्तिको कुनै पनि निगरानीमा नरहेका रहानको हेडर बहिरिँदा नेपालले राहतको सास फेरेको थियो ।

नेपालले ३८औं मिनेटमा पहिलो खतरा बुन्यो । अट्याकिङ मिडफिल्डर प्रतीश थापामगरले करिब २२ यार्ड परबाट गरेको प्रहार भारतीय गोलकिपर मानस ज्योती बरुहाले बचाए । त्यसपछि प्राप्त कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । पहिलो बारमा प्रतीशको प्रहार जति सुन्दर थियो, त्यति नै सुन्दर मानस ज्योतीको बचाउ रह्यो ।

खेलको ६१औं मिनेटमा भारतले अग्रता लियो । डल्लामुवन गाङ्टेको ‘ब्याक पास’मा गुनलेइबा वाङखेरियाक्पामको लेफ्ट फुटेड लोअर प्रहारमा गोलकिपर राम बिट भएका थिए । ८०औं मिनेटमा नेपालले काउन्टर आक्रमणमा गोल खायो । अजलान शाहको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो । अजलानले लेस्वीन रेबेलोको पासलाई सदुपयोग गरेका थिए । फाइनल प्रहार गर्नुअघि अजलानले नेपालका कप्तान प्रशान्त मोक्तानलाई छक्याउँदै लडाएका थिए । अजलान र लेस्वीन दुबै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

दुई गोलको अग्रता लिएको तीन मिनेटपछि लेस्वीन सहज अवसरमा चुके । लेफ्ट साइडबाट डल्लामुवनको क्रसमा लेस्वीनले गतिलो टच दिन सकेनन् ।

इन्जुरी समयको अन्तिम सेकेन्डमा भारतले तेस्रो गोल गर्यो । यसपाली पनि बेन्चबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका डायमन्ड सिंह थोकचोमले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । उनलाई गुनलेइबा (वाङखेरियाक्पाम)ले क्रस दिएका थिए ।

भारत लगातार पाँचौं संस्करण फाइनलमा प्रवेश गर्न सफल भएको हो । एक संस्करणबाहेक सबैमा फाइनल पुगेको भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ ।

शनिबार फाइनलमा भारतले बंगलादेशको सामना गर्नेछ । दुबै टोली लगातार तेस्रो संस्करण फाइनलमा एकअर्कासँग भिड्न लागेका हुन् । पछिल्ला दुबै संस्करणमा भारतले बंगलादेशलाई समान २–० को नतिजामा हराएको थियो ।

खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।
 


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।