आश्विन ९, २०८२ शुक्रबार | ०५:१९:३२
साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार

पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा

काठमाडौं । पाकिस्तानलाई २-० ले हराउँदै दुई पटकको साबिक उपविजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशका लागि कप्तान तथा मिडफिल्डर नाजमुल हुदा फैजल र फरवार्ड मोहम्मद ओपु रहमानले गोल गरे ।

फैजलले खेलको तेस्रो मिनेटमा बंगलादेशलाई अग्रता दिलाएका थिए । एक मिनेटपछि ओपु रहमानको गोलमा बंगलादेशले दुई गोलको अग्रता लियो । त्यसपछि दुबै टोलीले केही राम्रा अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

अब फाइनलमा बंगलादेशले सर्वाधिक सफल टोली भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । साँझ ७ः४५ बजे हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपालले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशले समूह चरणमा नेपाल र श्रीलंकालाई समान ४-० ले पराजित गरेको थियो । शनिबार बंगलादेशले तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा पाँचौं फाइनल खेल्नेछ । बंगलादेशले चारमध्ये दुई फाइनलमा हार बेहोरेको छ । सन् २०१५ मा घरेलु भूमिमा सम्पन्न तेस्रो संस्करणको फाइनलमा बंगलादेश टाइब्रेकरमा भारतलाई हराएको थियो । तीन वर्षपछि टाइब्रेकरमै बंगलादेशले पाकिस्तानको चुनौती पन्छाउँदै दोस्रो पटक उपाधि उचालेको थियो ।

पछिल्ला दुई संस्करण बंगलादेशले भारतसँग फाइनलमा पराजय बेहोरेको छ । दुबै फाइनलमा बंगलादेश २–० ले पराजित भएको थियो ।
 


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।