कार्तिक २६, २०८२ बुधबार | ०२:५४:४३
चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति इन्जुरी समयको गोलमा जन जागृतिले विजयी स्पोर्टससँग अंक खोस्यो क्लबहरू तयार भए लिग गर्न समस्या छैन: महासचिव किरण राई सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन

पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने

गतवर्ष पहिलो संस्करणमा पोखरा शान्ति स्तुपबाट दौड सुरु हुनुपूर्व सहभागीहरु । तस्बिर सौजन्यः दीनानाथ बराल

पोखरा । जेनजी आन्दोलनका कारण निर्धारित समयभन्दा एक साता पछि धकेलिएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने आयोजकले जनाएको छ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको आयोजनामा विश्व पर्यटन विवसको अवसरमा प्रतियोगिता गरिन लागेको हो । प्रतियोगितामा नेपालसहित ४ देशका १३० धावकको सहभागिता रहने संयोजक दीनानाथ बरालले जानकारी गराएका छन् । बरालका अनुसार शुक्रबार बिहान १० बजेसम्म पनि सहभागी हुन चाहनेले नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगितामा खुल्लातर्फ ५४, महिला खुलातर्फ ७, यू–१६ तर्फ १८, विदेशी पर्यटक ३, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराएको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार प्रदान गरिने बताइए पनि रकम भने खुलाइएको छैन ।

प्रतियोगिताकै अवसर पारेर आयोजकले विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गर्ने भएको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुनेछ ।

गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder