श्रावण १०, २०८२ शनिबार | ११:३२:०२
अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी

नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद

काठमाडौं । नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा इन्डिया) को केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बैठकमा नाडा नेपालका संस्थापक संयोजक डा.असीम भण्डारी र नाडा इन्डियका महानिर्देशक तथा सिइओ आनन्द कुमारबीच छलफल भएको थियो ।

उक्त भेटवार्तामा भारतले डोपिङविरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, महासंघहरूसँगको विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (वाडा)को सदस्यता पाउनका लागि व्यहोर्नुपरेको कठिनाइको प्रसंग उल्लेख गर्यो ।

एजेन्सी बनाउनु सजिलो हुन्छ, तर विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण हुन्छ भन्दै महानिर्देशक कुमारले पारदर्शिता र जवाफदेहिताको सन्देश दिएका थिए ।

डा.भण्डारीले विभिन्न गम्भीर विषयवस्तु उठाए, जसमा कानुनी स्वतन्त्रताको अस्पष्टता, टियुइ (चिकित्सा प्रयोग छुट) प्रक्रियामा ढिलाइ, गैर–ओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगको अनुगमन अभाव, र कृत्रिम बुद्धिमत्ता(एआइ) आधारित डिजिटल निगरानी प्रणालीको खाँचोका बारेमा उल्लेख थिए ।

उनले भने, ‘एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान होइन, उनीहरूको सपना जोगाउने प्रणाली हो । यो  खेलकुदलाई केवल उपकरण वा परीक्षणको विषयमात्र नभई नैतिकताको सवाल पनि हो ।’

दुवै राष्ट साउथ एसियन क्लिन स्पोर्टस कन्फिरेन्स, दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदान-प्रदान कार्यक्रम, पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियान जस्ता साझा योजनाहरू अगाडि सारे ।

नाडा इन्डियाका महानिर्देशक कुमारले ‘पारदर्शितामै विश्वास हुन्छ, भनी जोड दिएका थिए । यता डा.भण्डारीले खेलकुदमा कुनै सिमाना हुँदैन भन्ने धारणा राख्दै सीमापार सहकार्यको आवश्यकता स्पष्ट पारे ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने