काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपको आफ्नो पहिलो खेलमा बिहीबार घरेलु टोली जमसेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ ।
समूह ‘सी’ अन्तर्गको खेलमा जमसेदपुरलाई जित दिलाउन सार्थक गोलुई, मनवीर सिंह, निखिल बरलाले गोल गरे । आर्मीका लागि जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल फर्काए ।
खेलको चौथो मिनेटमै सार्थकको गोलमार्फत जमसेदपुरले अग्रता लिएको थियो । २६औं मिनेटमा जर्जले आर्मीलाई बराबरीमा ल्याए ।
मनवीरले ३१औं मिनेटमा गोल गर्दा जमसेदपुरले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो । ६४औं मिनेटमा अनन्तले गोेल गर्दा आर्मी २-२ को बराबरीमा आयो ।
निखिले ७१औं मिनेटमा गोल गर्दै जमसेदपुरलाई रोमाञ्चक जित दिलाए ।
अब आर्मीले अगस्ट ३ मा लद्दाक एफसीको सामना गर्नेछ ।
भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने