काठमाडौं । पुजन सुनारको उत्कृष्ट प्रर्दशप्रेरित जावालखेल युथ क्लब एन्फा यु-१६ युथ लिगमा बिहीबार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा १० अंक जोडेको जावलाखेल नवौं स्थानमा छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन पुजनले चार तथा विसाल शाही र सुजन तामाङले समान एक गोल गरे । प्लानिङ ब्वाइजका लागि सुमित खड्का, अनुराग बमजन र अर्जुन मंग्रातीमगरले गोल फर्काए ।
खेलको आठौं मिनेटमा पुजनको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
पुजनले ५९औं मिनेटमा ह्याट्रिक पूरा गरे । तीन मिनेटपछि नै उनले व्यक्तिगत तथा टोलीका लागि चौथो गोल गरे ।
विुसालले ७३औं मिनेटमा गोल गर्दा जावलाखले ५-० ले अगाडि बढ्यो । ७८औं मिनेटमा सुमितले गोल गर्दा खेल ५-१ को स्थितीमा आयो ।
सुजनले ८४औं मिनेटमा गोल गरेपछि जावलाखेलको अग्रता ६-१ मा पुग्यो । त्यसको एक मिनेटमै अनुरागले प्लानिङ ब्वाइजका लागि दोस्रो गोल फर्काए ।
निर्धारित समयको अन्तिम मिनेटमा अर्जुनले प्लानिङका लागि तेस्रो गोल गरे ।
बिहीबारै सम्पन्न अन्य खेलमा एपिएफले एनआरटीलाई १-० तथा मछिन्द्रले संकटालाई २-१ ले पराजित गरे ।