काठमाडौं । स्पेनिस महारथी रियाल मड्रिडका मिडफिल्डर जुड बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने भएका छन् ।
बाँया काँधमा समस्या देखिएपछि २२ वर्षीय बेलिङघम शल्यक्रिया गर्ने निर्णयमा पुगेका छन् । शल्यक्रियापछि बेलिङघम कम्तिमा पनि चार महिना मैदान बाहिर रहनुपर्ने बताइएको छ ।
पछिल्लो एक वर्ष बेलिङ्घम काँधको समस्यासँग जुधिरहेका थिए । बेलिङ्घमको अनुपस्थिति रियाल मड्रिडलाई भारी पर्ने अनुमान गरिएको छ ।
रियालले बुधबार राति मात्र क्लब विश्वकपको सेमिफाइनलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)को हातबाट ४–० को पराजय बेहोरेको थियो । हारसँगै रियाल यो सिजन उपाधिविहीन रह्यो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
