असार २६, २०८२ बिहीबार | ०४:००:४५
सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित

सावित्रासहित १० खेलाडी सम्मानित

काठमाडौं । एउटै व्यवस्थापनमा सञ्चालित ‘द इन्साइट भिजन सेकेन्डरी स्कुल’ र राजधानी क्याम्पसले एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० फुटबलरलाई नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।

बुधबार धुम्बाराहिस्थित ‘द इन्साइट भिजन सेकेन्डरी स्कुल’मा आयोजित कार्यक्रममा कप्तान सावित्रा, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैँया र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो ।

खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नं.४ का वडाध्यक्ष दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

महिला फुटबलमा लगानी बृद्धि गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अथिति महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’

त्यस्तै द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक श्रेष्ठले औपचारिक शिक्षामा खेलाडी सहज तवरले अगाडि बढ्न सक्ने वातावरण मिलाइदिन पाएकोमा खुसी लागेको बताए ।

‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतीष्ठा बढाएका छन् । हामीले सम्भावना देखेर उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौं,’ श्रेष्ठले भने, ‘अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बीबीएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीहरूको हौसला बढाउँदै जानेछौं ।’

‘शिक्षा हामी सबैका लागि महत्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान सावित्राले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।’

द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ फुटबलर छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्दमा सम्पन्न एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा सावित्राले कूल ९ गोल गरेकी थिइन् । समूह ‘एफ’को निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको अर्को वर्ष अस्ट्रेलियामा हुने २१औं संस्करणको एसियन कप पुग्ने सपना समाप्त भएको थियो ।
 


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA