काठमाडौं । छितिज शाहीको सानदार प्रदर्शनमा श्री भगवती क्लबले एन्फा यु–१६ युथ लिगमा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा श्री भगवती क्लबले सातदोबाटो युवा क्लबलाई ६–० ले हरायो ।
श्री भगवतीका लागि छितिज एक्लैले चार गोल गरे । यसबाहेक राहुल शाही र सुयोग श्रेष्ठको नाममा समान एक गोल रह्यो ।
लिगको उद्घाटन खेलमा श्री भगवतीले मनाङ मस्र्याङ्दीसँग २–१ को पराजय बेहोरेको थियो । दोस्रो खेलमा श्री भगवतीलाई हिमालयन शेर्पाले ३–१ ले हार चखाएको थियो ।
सातदोबाटोको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग ४–० को हार बेहोरेको सातदोबाटो दोस्रो खेलमा मनाङसँग ६–० ले पराजित भएको हो ।
दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को जित हासिल गर्यो । पुलिसको जितमा समीर कुमार र अप्सन राईले गोल गरे ।
भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA