कार्तिक २४, २०८२ सोमबार | १०:५४:५३
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ?

उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजय बेहोरेपछि नेपाली गोलकिपर अञ्जना रानामगर भावविहोल, तस्वीर सौजन्यः एनएसजेएफ ।

काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगितामा भाग्यबाट ठगिएको दुई दिनपछि नेपाली राष्ट्रिय महिला टोली सोमबार स्वदेश फर्कियो ।

पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाउने प्रतिबद्धतासहित उज्वेकिस्तान उडेको नेपाली टोली त्यसमा सफल भएन । खेलले होइन, तास्केन्दमा नेपाली टोलीलाई भाग्यले ठग्यो ।

लामो हवाई यात्रापछि सोमबार मातृभूमिमा पाइला टेकिरहँदा नेपाली चेली थकित देखिन्थे । अनुहारमा निराशाको भाव देखिन्थ्यो । यही कारण त्रिभुवन विमानस्थलमा सोमबार बहादुर चेलीहरु आउँदा रौनक थिएन । उनीहरु पनि कृत्तिम हाँसोबीच नियामक निकाय एन्फाको स्वागत स्वीकारेर सोझै आ–आफ्नो गन्तव्यतर्फ लागे ।

शनिबार छनोट प्रतियोगिताको निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पराजय बेहोरेसँगै चालिस वर्षदेखिको नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख भयो । ग्लोबल स्टेजमा आफ्नो कला प्रस्तुत गर्न अब नेपाली चेलीले थप चार वर्ष कुर्नुपर्ने भयो ।

एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली टोली सोमबार स्वेदश फर्कियो, तस्वीरः सरोज सापकोटा/खेलाडी

नेपाल निक्कै नजिक पुगेर पनि छनोट हुन नसक्दा दक्षिण एसियाली प्रतिद्धन्द्धी भारत र बंगलादेश भने पहिलो पटक एएफसीको प्रतियोगितामा छनोट हुन सफल भए । यही कारण पनि नेपाली खेलाडीको मन अझ बढी दुखेको हुनुपर्छ ।

अर्को वर्ष अस्ट्रेलियामा एएफसी एसियन कपको २१औं संस्करणमा भारत र बंगलादेशले आफ्नो उपस्थिति जनाइरहँदा नेपाली खेलाडीको मनमा चस्स पर्नु स्वभाविक हो ।

त्यही भारत जसलाई साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा नेपालले पराजित गरेको थियो । अनि त्यही बंगलादेश जसलाई तीन वर्षअघि सम्म पनि पराजित गर्न कुनै कठिनाई हुँदैन थियो ।

यस्तोमा नेपाली खेलाडीको यो मनस्थितिमा सकारात्मक उर्जा थपिदिने काम तत्कालका लागि एन्फाको प्रमूख जिम्मेवारी हो । यसलाई एन्फाले कसरी लिएको छ ?

‘खेलाडी भनेको त्यतिकै खेलाडी भएको हुँदैन । अफ्ठ्यारो परिस्थितिमा खडा उत्रिने व्यक्तित्व नै खेलाडी हुन्,’ एन्फा महासचिव राईले भने, ‘नकारात्मक नतिजा आउने बित्तिकै निराश हुनुपर्ने छैन । खेलाडी अहिले पनि उच्च मनोबलमा छन्, पछि पनि हुनेछन् ।’

एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली टोली सोमबार स्वेदश फर्कियो, तस्वीरः सरोज सापकोटा/खेलाडी

अस्ट्रेलियामा आगामी मार्च महिनाको पहिलो सातादेखि एसियन कप सुरु हुनेछ । प्रतियोगिताका लागि भारत र बंगलादेशसँग आठ महिनाको तयारी समय छ । दुवैले एसियन कपको तयारीस्वरुप यो आठ महिनालाई भरपूर उपयोग गर्नेछन् । उनीहरुका खेलाडीले पर्याप्त अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् । ठिक त्यही बेला नेपाली खेलाडी भने बढिमा घरेलु लिगमा व्यस्त हुन सक्छन् ।

साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपाली टोलीले अहिलेसम्म उपाधिको भोक मेटाउन सकेको छैन । निश्चित छ, नेपालको उपाधि लक्ष्यमा सधै तगारो बन्दै आएका भारत र बंगलादेश एसियन कप तयारी दौरान हुने ग्लोबल एक्सपोजरले अबका दिनमा अझ सशक्त बनेर प्रस्तुत हुने छन् ।

सन् २०२७ अथवा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमिठो हारले ठूलो धक्का पुगेको छ । नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ मा द्रुत गतिमा अगाडि बढ्ने ।

उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजय बेहोरेपछि नेपाली गोलकिपर अञ्जना रानामगर भावविहोल, तस्वीर सौजन्यः एनएसजेएफ ।

के यसका लागि एन्फा तयार छ ? महिला फुटबलले फड्को मार्ने कुरालाई व्यावहारिकतामा ल्याउन एन्फासँग के कस्ता योजना छ ?

‘हामीसँग ठोस योजना छन् । हामीले ग्रासरुट फुटबललाई प्राथमिकतामा राखेका छौं । घरेलु लिगलाई थप बलियो बनाउने सोच छ, ’ महासचिव राईको तर्क छ, ‘अन्तर्राष्ट्रिय एक्सपोजरमा हामी कुनै पनि कमि हुन दिन्नौं ।’

पछिल्लो समय बंगलादेश महिला फुटबलको उदय जो कोहिलाई पनि प्रेरणाको विषय बन्न सक्छ । स्कुल फुटबल हुँदै उमेर समूह अनि राष्ट्रिय टोलीसम्मको ढोका खोलेका मारिया मान्डा, रितु पोर्ना चक्मा, तोहुरा खातुन, रुप्ना चक्मा जस्ता खेलाडीको रवाफमा बंगलादेशले छनोट प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहँदै अस्ट्रेलियाको टिकट काट्यो ।

मुख्य प्रशिक्षक पिटर बटलरले उच्च गोलकर्ता तथा कप्तान सवीना खातुनको अनुभव विना नै बंगलादेशलाई ग्लोबल स्टेजसम्म पुर्याए । गत फेब्रुअरीमा प्रशिक्षकको विरोध गर्दै सवीना प्रशिक्षण सत्रबाट बाहिरिएकी थिइन । म्यानमारमा सम्पन्न छनोट प्रतियोगितामा बटलरको टोलीमा आधाभन्दा धेरै खेलाडी २० वर्ष मुनिका थिए ।

पछिल्लो समय नेपाली महिला फुटबलमा पनि प्रशिक्षक र व्यवस्थापन टोलीबीच विवादको चर्चा चुलिएको छ । कप्तान चयनको विषयलाई लिएर चर्किएको विवादकै कारण पनि नेपालले छनोट प्रतियोगितामा सफलता हासिल गर्न नसकेको समेत भनिएको छ ।

नेपालले छनोट प्रतियोगिताको चार साताअघि मात्र बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई मुख्य प्रशिक्षकको रुपमा नेतृत्व सुम्पिएको थियो । महिना दिन पनि बित्न नपाउँदै कप्तानलाई लिएर उनी विवादमा तानिएको हल्ला बजारमा आएको छ । तर, एन्फा महासचिव किरण राई प्रशिक्षकको विवाद हल्ला मात्र रहेको दाबी गर्छन ।

प्रशिक्षकलाई आफ्नो काम गर्न दिए नतिजामा शंका गर्न नपर्ने जवाफ पिटर बटलरले गज्जबसँग दिएका छन् । यस्तोमा नेपालले बंगलादेशको उदाहरणलाई प्रेरणाको रुपमा लिन आवश्यक छ ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन