कार्तिक ४, २०८२ मंगलबार | १९:०४:०१
नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी

भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र एक मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक कार्यक्रमबीच राष्ट्रिय टोलीलाई बिदाई गरेको हो । कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, कार्यबाहक महासचिव दामोदर भट्टराई (बद्री), उपाध्यक्ष दावा लामा, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर तथा सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, सरीला मलेखु श्रेष्ठलगायतको उपस्थिति थियो ।

सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अक्टोबर २४ मा इरानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अक्टोबर २७ मा घरेलु टोलीसँग खेल्ने तालिका छ । राउन्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने सेट–अप छ ।

प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किममा अक्टोबर ३० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा विन्डोभित्र नपरे पनि यो खेललाई अन्तर्राष्ट्रिय मान्यता दिइने बताइएको छ ।

नेपाली टोली बुधबार बिहान भारत प्रस्थान गर्नेछ ।

नेपाली टोली
सावित्रा भण्डारी (कप्तान), अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, पुजा राना, सजनी थोकर, मनमाया दमाई, प्रतीक्षा चौधरी, हिराकुमारी भुजेल, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, सरु लिम्बू, सरस्वती हमाल, अनिता बस्नेत, सवीता रानामगर, मीना देउवा, रश्मिकुमारी घिसिङ, पूर्णिमा राई, रेखा पौडेल
 


भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा