कार्तिक ४, २०८२ मंगलबार | १३:३५:२३
शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो

काठमाडौं । साउदी अरेबियाको अल इत्तिहाद एफसीले एएफसी च्याम्पियन्स लिग एलिटमा सोमबार इरानी क्लब अल शोर्टा एससीविरुद्ध ४-१ को पुनरागमन जित दर्ता गरेको छ ।

पहिलो जितसँगै तीन खेलमा तीन अंक जोडेको इत्तिहाद सातौं स्थानमा छ । पराजित शोर्टा समान खेलबाट एक अंकका साथ ११औं स्थानमा छ ।

अल मदिना अन्तर्राष्ट्रिय रंगशालामा पाहुना टोली इत्तिहादलाई जित दिलाउन हुसेम औअरले दुई तथा मुसा डायबी र फाबिन्होले समान एक गोल गरे । शोर्टाका लागि बसम शाकिरले गोल गरे ।

खेलको पाँचौं मिनेटमा शाकिरको गोलमार्फत शोर्टाले अग्रता लिएको थियो । १७औं मिनेटमा डायबीले इत्तिहादलाई बराबरीमा ल्याए ।

त्यसको १२ मिनेट पछि फाबिन्होले गोल गर्दा इत्तिहाद २-१ ले अगाडि बढ्यो । ५०औं मिनेटमा डानिलो परेराले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि इत्तिहाद १० खेलाडीमा समेटिएको थियो ।

औआरले ६० र ७६ औं मिनेटमा गोल गर्दै इत्तिहादलाई उत्कृष्ट पुनरागमन जित दिलाए ।


भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा