कार्तिक ५, २०८२ बुधबार | १०:२१:२९
स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान

बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक

काठमाडौं । फिर्मिन लोपेजको ह्याट्रिकप्रेरित बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा मंगलबार ओलिम्पियोकसविरुद्ध ६-१ को सानदार जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । पराजित ओलिम्पियोकस समान खेलबाट एक अंकका साथ ३२औं स्थानमा छ ।  

ओलिम्पिक लुइस कम्पनिज रंगशालामा बार्सिलोनालाई जित दिलाउन मार्कस रासफोर्डले दुई तथा लामिन यामले एक गोल थपे । ओलिम्पियोकसका लागि आयु एल काबीले गोल फर्काए ।

खेलको सातौं मिनेटमा लोपेजको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ३९औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

काबीले ५३औं मिनेटमा पेनाल्टीमार्फत ओलिम्पियोकसका लागि गोल फर्काए । त्यसको चार मिनेटपछि स्यान्टियागो हिजीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि ओलिम्पियोकस १० खेलाडीमा समेटिएको थियो ।

यामलले ६८औं मिनेटमा पेनाल्टीमार्फट बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६ मिनेटपछि रासफोर्डले गोल गर्दा टोलीको अग्रता ४ १ मा पुग्यो ।

लोेपेजले ७६औं मिनेटमा ह्याट्रिक पूरा गरे ।  ७९औं मिनेटमा रासफोर्डले व्यक्गिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain