काठमाडौं । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डविरुद्धको दुई मैत्रीपूर्ण खेल र एसियन कप छनाेटकाे तयारीमा रहेकाे राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षको दोस्रो चरणमा ३१ खेलाडीलाई समेटेका छन् ।
यसअघि पहिलो चरणमा ४८ खेलाडी थिए । नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डको सामना गर्दैछ ।
नेपालले एएफसी महिला एसियनकप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल लागेको हो ।
छनोटको पहिलो चरण मे ४ बाट सुरू हुँदैछ । समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
गोलकिपरः अञ्जिला तुम्बापोसुब्बा, अञ्जना रानामगर, उषा नाथ, लिला जोशी
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी, सविना चौधरी
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हिमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, मीना देउवा, ममता पुन, पूर्णिमा राई