जेष्ठ ४, २०८२ शनिबार | ०५:४६:२५
शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः # २६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल काठमाडौं लगातार दोस्रो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित सानदार जित निकाल्दै प्लानिङ ब्वाइज च्याम्पियन शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः # २६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल काठमाडौं लगातार दोस्रो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित सानदार जित निकाल्दै प्लानिङ ब्वाइज च्याम्पियन
शनिबारको दिन नेपाली क्रिकेट

लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ?

काठमाडौं ।  नेपाली पुरुष क्रिकेट टोली अचेल निकै खराब लयबाट गुज्रिइरहेको छ । जारी आइसिसी विश्वकप लिग २ को अंक तालिका नै यसको बलियो प्रमाण हुन सक्छ ।

लिगका तीन शृंखलामा १२ खेल खेल्दा नेपाल ६ अंकका साथ आठ टोली सहभागी लिगको सातौं स्थानमा सीमित छ । नेपालभन्दा तल युएई मात्रै छ ।

नेपालले आठ हार र दुई जितको नतिजा निकाल्दा दुई खेल भने वर्षाका कारण हुन सकेन । नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमै तथा नोभेम्बरमा अमेरिकामा भएको शृंखलामा एक/एक जित निकालेको थियो ।  नेपाल क्यानाडा भ्रमणमा भने जिविहिन बन्यो ।

स्कटल्यान्डमा हुने शृंखलाका लागि घोषणा भएको नेपाली टोली, तस्विर सौजन्यः क्यान । 

नेपाल लिगको आफ्नो चौथो शृंखलाको अभ्यासका लागि हाल बेलायतमा छ । त्यहाँ नेपालले प्रशिक्षण गर्नुका साथै स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्ने तालिका छ । बेलायतको प्रशिक्षण सकिएपछि टोली स्कटल्यान्ड जाने छ । त्यहाँ नेपालले स्टकल्यान्ड ‘ए’ सँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

निकै खराब लयमा रहेको नेपालका लागि दुई बलिया टोलीविरुद्ध जित निकाल्न त्यती सहज हुनेछैन ।

जुन २ देखि १२ सम्म हुने शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले जुन २ र ८ मा स्कटल्यान्ड तथा ४ र १० मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

निकै खराब लयमा रहेको नेपालका लागि दुई बलिया टोलीविरुद्ध जित निकाल्न त्यती सहज हुनेछैन । किनकी नेदरल्यानड्स अंकतालिकाको शीर्ष स्थानमा रहेको टिम हो भने स्कटल्यान्ड चौथौ स्थानमा छ ।

कोर क्याम्पका दौरान प्रशिक्षक स्टुवार्ट ल, तस्विर सौजन्यः क्यान । 

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल पनि स्कटल्यान्डमा खेल्न त्यती सजिलो नहुने बताउँछन् । ‘स्कटल्यान्डमा खेल्न गाह्रो हुन्छ । तर हामीले उनीहरूलाई त्यहा हराइसकेका छौं । सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । टोलीको अवस्थाका बारेमा सबैलाई थाहा छ । त्यसैले स्कटल्यान्ड शृंखलामा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ,’ मल्लले भने, ‘यो शृंखलामा कम्तिमा पनि दुई जित निकाल्न सक्यौ भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ । हाम्रा खेलाडी त्यसका लागि सक्षम पनि छन् । ’

अघिल्लो संस्करणमा तीन शृंखलाका १२ खेल बाँकी रहँदा नेपालको अवस्था निक्कै कठिन थियो ।

अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा छन्, अस्ट्रेलियाका स्टुवार्ट ल ।  मोन्टी देसाईको स्थान लिएका लले यही शृंखलामार्फत जिम्मेवारी सम्हाल्ने छन् । ल इङ्लिस पिचको बारेमा राम्रोसँग जानकार छन् । उनले सन् १९९६ देखि २००९ सम्म विभिन्न क्लबबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेलेका थिए । इङ्ल्यान्ड र स्कटल्यान्डको पिच कन्डिसन लगभग उस्तै छ ।

सहायक प्रशिक्षक मल्ल पनि लको अनुभवले टोलीलाई फाइदा पुग्ने तर्क गर्छन् । ‘नयाँ कोच आएपछि टोलीको रणनीतिमा पनि केही परिवर्तन भएको छ । उहाँको अनुभवले हामीलाई धेरै फाइदा पुग्ने अपेक्षा छ । उहाँ लामो समयदेखि बेलायतमा बस्दै आउनु भएको छ । त्यहा खेलिसक्नु भएको छ । उहाँलाई इङ्लिस पिचको बारेमा राम्रो जानकारी छ । त्यसैले केही सहज हुनेछ,’ राष्ट्रिय टिमका पूर्व कप्तान मल्लको विश्वास छ ।

आइसिसी विश्वकप लिग-२ मा प्रतिस्पर्धा गर्दै नेपाल र नामिबिया, तस्विर सौजन्यः क्यान । 

मल्लको विश्वास एकठाउँमा छ । अर्को ठाउँमा नेपाली क्रिकेटसँग यस्तै सुखद संयोग पनि छ ।  साढे दुई वर्षअघि प्रतियोगिताको अघिल्लो संस्करणमा तीन शृंखलाका १२ खेल बाँकी रहँदा नेपालको अवस्था निक्कै कठिन थियो । नेपालका लागि विश्वकपको ग्लोबल छनोट धेरै परको कुरा भयो, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि असम्भव देखिएको थियो ।

 मोन्टीले जुन चमत्कार नेपाली टिमका लागि गरेका थिए, अहिले लबाट पनि नेपाली समर्थकले त्यस्तै आशा राखेका छन् ।

तर मोन्टी देसाईले प्रशिक्षकका रुपमा नेतृत्व सम्हालेपछि नेपालको यात्राले नयाँ मोड लियो । बाँकी १२ मध्ये ११ मा जित निकाल्दै नेपालले दुवै लक्ष्य पूरा गर्यो । १२ खेल बाँकी रहँदा दयनीय अवस्थामा रहेको नेपाल प्रतियोगिता सकिँदा शीर्ष तीनमा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्न सफल भएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई, तस्विर सौजन्यः क्यान । 

अहिले पनि नेपाल लगभग त्यही स्थितीमा छ । यही लयले निरन्तरता पाउने हो भने एकदिवसीय मान्यता जोगाउन पनि मुस्किल हुनेछ । लगभग यही अवस्थामा नेतृत्व लिएर मोन्टीले जुन चमत्कार नेपाली टिमका लागि गरेका थिए, अहिले लबाट पनि नेपाली समर्थकले त्यस्तै आशा राखेका छन् ।

सहायक प्रशिक्षक मल्ल भने अहिले नै त्यसको बारेमा सोच्ने बेला नभएको बताउछन् । ‘हामी अहिले अंक तालिकामा सोचे अुनसारको स्थितीमा छैनौं  यो सत्य हो । तर भर्खर १२ खेल सकिएका छन् । अझै धेरै खेल बाँकी छन् । त्यसैले अहिले नै पूरा शृंखलाको बारेमा सोचेका छैनौं । अहिले नै पूरा प्रतियोगिताको बारेमा सोच्न थालियो भने खेलाडीलाई तनाब थपिन्छ । जसले गर्दा प्रदर्शन झन खराब हुनसक्छ । अहिले टोलीको पूरा ध्यान स्कटल्यान्डमा हुने शृंखलामा छ । यो शृंखलामा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ । खेलको स्थिती अनुसारको योजना बनाउँदै जानेछौं,’ उनले भने । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल, तस्विर सौजन्यः क्यान ।