असार १७, २०८२ मंगलबार | १९:३८:०७
कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा
शनिबारको दिन

युद्ध विरामपछिको आइपिएल

काठमाडौं । सुन्दै अनौठो, ‘युद्ध विरामपछिको आइपिएल’ । यसपाली यस्तै भयो । एक समय लागिरहेको थियो, अब इन्डियन प्रिमियर लिगको यो सिजन सकिने नै छैन, किनभने भारत र पाकिस्तान युद्धमा होमिएका थिए ।

दक्षिण एसियाका दुई महाशक्ति महायुद्धमा होमिएको अवस्थामा आइपिएल त्यसबाट अछुतो रहन सक्दैनथ्यो । रहेन पनि । यही बेला पाकिस्तानी सुपर लिग (पिएसएल) पनि चलिरहेको थियो, त्यसलाई पनि युद्धले प्रभावित गर्नु नै थियो । विश्व क्रिकेटमा पनि रवाफिलो उपस्थिती भएका दुवै देशका लिग स्वभाविक रुपमा रोकिए ।

युद्धले खेल रोकिनुअघि प्रतिस्पर्धा गर्दै दिल्ली  क्यापिटल्स र पञ्जाव  किंग्स।

नेपालका लागि भौगोलिक, सांस्कृतिक, आर्थिक र अन्य थुप्रै विषयमा पाकिस्तानभन्दा भारतसँगको निकटता विशेष छ । भारतका धेरै चिजले प्रत्यक्ष रुपमा नेपाली समाजलाई प्रभावित गर्ने गर्छ । यसकारण पिएसएलको तुलनामा आइपिएलको प्रभाव पनि नेपालमा बढि छ । पिएसएललाई पछ्याउने नेपाली समर्थकको संख्या ज्यादै न्यून हुँदा आइपिएल भने क्रिकेट मन पराउने नेपालीहरुका लागि जीवनशैलीजस्तै बनिसकेको छ ।

‘पोष्ट वार’ आइपिएल सुरु हुनुअघि समान १६ अंकका साथ गुजरात टाइटान्स र बेङ्लुरु शीर्ष दुई स्थानमा छन् ।

युद्धका कारण रोकिएको आइपिएल आज शनिबारबाट फेरि सुरु हुँदैछ । पोष्ट वार आइपिएलमा पहिलो दिन रोयल च्यालेन्जर्स बेङ्लुरु र कोलकाता नाइट राइडर्स भिड्दैछन् । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिम ठ्याक्कै प्लेअफ पुगिसकेका छैनन् । तर तीन टिम चाँही प्लेअफको समीकरणबाट बाहिरिइसकेका छन् । बाँकी सात टिमबीच प्लेअफ पुग्ने प्रतिस्पर्धा आजबाट सुरु हुनेछ ।

रोयल च्यालेन्जर्स बेङ्लुरु र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दै । 

अंक तालिकाको पुछारमा रहेका सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नाइ सुपर किंग्स प्लेअफ समिकरणबाट बाहिरिइसकेका टिम हुन् । १० टिम सहभागी प्रतियोगिताको शीर्ष चारले प्लेअफ खेल्छन् । ‘पोष्ट वार’ आइपिएल सुरु हुनुअघि समान १६ अंकका साथ गुजरात टाइटान्स र बेङ्लुरु शीर्ष दुई स्थानमा छन् । यी दुई टिम लगभग प्लेअफ पुगिसकेका छन् । १५ अंकका साथ तेस्रो स्थानमा रहेको पञ्जाव किंग्सलाई पनि प्लेअफ पुग्न सायद गाह्रो हुने छैन ।

अंक तालिकामा त्यसपछि १४ अंक लिएर मुम्बई इन्डियन्स चौथो तथा १३ अंकका साथ दिल्ली क्यापिटल्स छन् । उनीहरूले प्लेअफ पुग्न संघर्ष गर्नु पर्नेछ । सम्भवतः यी दुई टिममध्ये कम्तीमा एक त प्लेअफ पुग्ने छन् । त्यसपछि छैटौं स्थानमा ११ अंक जोडेको कोलकाता नाइट राइडर्स र सातौंमा १० अंकका साथ लखनउ सुपर जायन्ट्स छन् । यसकारण यी दुई टोलीको प्लेअफ सम्भावना कमजोर छ । गणितीय सम्भावनाको लागि भिडिरहेका कोलकाता र लखनउलाई प्लेअफ समीकरणका लागि आफ्ना खेल जितेर मात्र पुग्दैन बाँकी खेलको नतिजा पनि आफू अनुकुल आएको देख्न पाउनुपर्नेछ ।

अस्ट्रेलिया, दक्षिण अफ्रिाका र इङ्यान्डका अधिकांश खेलाडी आइपिएलको बाँकी सिजनमा देखिने छैनन् । तिनको स्थानमा अब केही नयाँ विदेशी देखा पर्नेछन् ।

अबको एक दुई खेलपछि नै प्लेअफ समीकरण स्पष्ट हुनेछ । तर यसपाली युद्ध अगाडिको आइपिएल र युद्ध विरामपछिको आइपिएलमा भने ठूलै फरक हुन सक्छ । कारण, सम्भवतः सुरुमा खेलेका सबै विदेशी खेलाडीलाई फेरि दोहाेर्याएर हेर्न नपाइन सक्छ । प्रतियोगिता दुई साता जति पछाडि सरेपछि यसका खेल अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जुधेका छन् ।

सनराइजर्स हैदराबादविरुद्ध ब्याटिङ गर्दै मुम्बई इन्डियन्सका रोहित शर्मा । 

त्यसैले अस्ट्रेलिया, दक्षिण अफ्रिाका र इङ्यान्डका अधिकांश खेलाडी आइपिएलको बाँकी सिजनमा देखिने छैनन् । तिनको स्थानमा अब केही नयाँ विदेशी देखा पर्नेछन् । प्रतियोगिताको आयोजकले टिमले चाहेमा नयाँ खेलाडी अनुबन्ध गर्न पाउने नयाँ नियम बनाएको छ । यही नियम अनुसार अब केही नयाँ अनुहार देखा पर्नेछन् । त्यसको अर्थ युद्ध सुरु हुन अगाडिको आइपिएल जस्तो थियो, युद्ध विरामपछि उस्तै हुने छैन् । हुन सक्छ, यसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने छ ।