काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लागतार तेस्रो वर्ष फोर्ब्सको सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा शीर्ष स्थान ओगटेका छन् ।
रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर अमेरिकी डलर पुर्याएका छन्। यो बक्सिङ खेलाडी फ्लोइड मेवेदरको २०१५ (३००मिलियन) र २०१८ को (२७५) पछिको सबैभन्दा धेरै कमाइ हो ।
साउदी अरेबियाको अल नासर क्लबमा सन् २०२२ मा आबद्ध भएपछि सामाजिक सञ्जालमा लोकप्रियताको कारण रोनाल्डोको विज्ञापन र प्रायोजनबाट हुने आम्दानी झनै बढेको छ। सामाजिक सञ्जालमा उनका ९३९ मिलियन फलोअर्स छन्।
यस पटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् भने बेलायती बक्सर टाइसन फ्युरी तेस्रो स्थानमा छन्। अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी पाँचौं स्थानमा झरेका छन्।
सन् २०२५ का शीर्ष १० खेलाडीको कमाइ ( मिलियन अमेरिकी डलरमा)
१.क्रिस्टियानो रोनाल्डो (फुटबल)–२७५
२.स्टेफन करी (बास्केटबल)–१५६
३.टाइसन फ्युरी (बक्सिङ)–१४६
४.ड्याक प्रेस्कट (अमेरिकन फुटबल)–१३७
५.लियोनल मेसी (फुटबल)-१३५
६.लेब्रोन जेम्स (बास्केटबल) -१३३.८
७.जुआन सोटो (बेसबल)-११४
८.करिम बेन्जेमा (फुटबल) -१०४
९. सोहेइ ओहतानी (बेसबल) -१०२.५
१०. केभिन ड्युरेन्ट (बास्केटबल) – १०१.४