काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५औं कार्यसमितिको बैठक पुस २२ गते बिहीबार बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै बैठक आह्वान गरेका हुन् ।
एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे । एन्फाको कार्यसमितिमा १७ सदस्य हुन्छन् ।
एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ ।
यो पनि पढ्नुहोस्:
एन्फा विवाद : कार्यसमिति बैठक राख्न वरिष्ठ उपाध्यक्षसहित सातको माग
भिडियो
Deleted video
FORMER NATIONAL CAPTAIN BIRAJ MAHARJAN ll लिगको टुंगो नलागे यो भन्दा पनि भयावह अवस्था सिर्जना हुन्छ
मैदानमा खेल्न नपाएपछि NATIONAL PLAYER ले विरोधस्वरुप ANFA को GATE मा झुण्ड्याए INTERNATIONAL MEDEL
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
