काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५औं कार्यसमितिको बैठक पुस २२ गते बिहीबार बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै बैठक आह्वान गरेका हुन् ।
एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे । एन्फाको कार्यसमितिमा १७ सदस्य हुन्छन् ।
एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ ।
यो पनि पढ्नुहोस्:
एन्फा विवाद : कार्यसमिति बैठक राख्न वरिष्ठ उपाध्यक्षसहित सातको माग
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
