चैत्र १६, २०८२ सोमबार | १४:४९:५०
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

एन्फा विवाद : कार्यसमिति बैठक राख्न वरिष्ठ उपाध्यक्षसहित सातको माग

काठमाडौं । लामो समयदेखि आपसी विवादमा घेरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)मा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन् ।

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे । एन्फाको कार्यसमितिमा १७ सदस्य हुन्छन् ।

‘एन्फाको केन्द्रिय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ, ‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ ।’

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् । पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठक माग गरिएको संयुक्त पत्रमा उल्लेख छ ।

‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो