पुस १२, २०८२ आइतबार | १४:०८:२०
एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा

एन्फा विवाद : कार्यसमिति बैठक राख्न वरिष्ठ उपाध्यक्षसहित सातको माग

काठमाडौं । लामो समयदेखि आपसी विवादमा घेरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)मा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन् ।

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे । एन्फाको कार्यसमितिमा १७ सदस्य हुन्छन् ।

‘एन्फाको केन्द्रिय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ, ‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ ।’

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् । पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठक माग गरिएको संयुक्त पत्रमा उल्लेख छ ।

‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I