चैत्र ९, २०८२ सोमबार | ०८:४५:२९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी धनगढी एफसीले चौथो विदेशी खेलाडीका रूपमा स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध गरेको छ ।

धनगढीले एनएसएलको तेस्रो संस्करणका लागि बिउरोसँग सम्झौता गरेको हो ।

बिउरोले गत सिजन काया एफसीबाट फिलिपिनो लिग जितेका थिए । यसैगरी उनीसँग जिब्राल्टरको पहिलो श्रेणी, आइसल्यान्ड  र मोरक्कोको दोस्रो श्रेणीको लिग खेलेको अनुभव पनि छ ।

यसअघि धनगढीले लेबनानका फरवार्ड अहमद हिजाजी, नाइजेरिया फरवार्ड आफिज ओलावाले र मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनीलाई भित्र्याइसकेको छ ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीलेजुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता चैत १६ देखि सुरु हुँदैछ । धनगढीले चैत १९ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए)का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो