जेष्ठ १९, २०८२ आइतबार | १२:३७:४२
एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा

टिम परिचयः च्यासल युवा क्लब - शीर्षताको अभियानमा युवामाथि विश्वास

काठमाडौं । २०७८ सालको शीर्ष डिभिजन लिगमा च्यासल युवा क्लबले एकाएक नेपाली फुटबलप्रेमीको ध्यान तानेको थियो । त्यसको कारण थियो, नेपाली मूलका इटालियन खेलाडी विकास मेरागलियाको अनुबन्धन ।

उमेर समूहमा इटालीको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास त्यतिबेला प्रशिक्षक बालगोपाल साहुखलको लोभलाग्दो युवा टोलीका मुख्य आकर्षण थिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनको नेतृत्व अर्पण कार्की, आशिष राई, अभिषेक लिम्बू जस्ता प्रतीभा थिए । त्यस्तै सिनियर खेलाडी कमल श्रेष्ठसँगै क्यामारुनका मौसा अबगाना र केचा यानिकले च्यासलको जर्सी लगाएका थिए ।

फुटबलप्रेमीलाई लाग्यो, च्यासलले उपाधिका लागि बलियो चुनौती पेश गर्नेछ । नभए पनि कम्तिमा शीर्ष चारमा त कसो नपर्ला ?

हस्ताक्षर गरिएको सम्झौता पत्र समात्दै च्यासल युवा क्लबका अध्यक्ष रमेश व्यञ्जनकर र नेपाली मूलका इटालियन खेलाडी विकास मेरागलिया, तस्विर सौजन्यः च्यासल युवा क्लब ।

तर, सहभागी १४ क्लबमध्ये च्यासलको प्रदर्शन सबैभन्दा खराब रह्यो । मात्र एक खेल जितेको च्यासल ९ खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेर फेरि दोस्रो डिभिजनमा फर्कियो ।

त्यस सिजन च्यासलसँगै ललितपुरको अर्को क्लब बिग्रेड ब्वाइज पनि रेलिगेशनको सिकार बनेको थियो ।

दूर्भाग्यजनक सिजनको तीन वर्षपछि च्यासलले आसन्न बी डिभिजन लिगका लागि पुनः युवा प्रतीभालाई प्राथमिकतामा राख्दै टोली तयार पारेको छ । फागुन २५ गते सुरु हुने यसपालीको लिगमा क्लबले रातो-निलो जर्सी मात्र लगाउने हो भने ठ्याक्कै उमेर समूहको राष्ट्रिय टोली खेलिरहेको भान हुनसक्छ ।

च्यासलले उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका करिब एक दर्जन खेलाडीलाई अनुबन्ध गरेको छ । अनिल बोम्जन लामा, अश्विन घोरासैनी, कुशल देउवा, दीपक थापामगर, सिमान्त थापा, लछ्छु थापा, सुवास बम, निरज कार्की जस्ता युवा स्टारहरु च्यासल टोलीका सदस्य हुन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा च्यासल युवा क्लबको अफिसियल टोली, तस्विरः केशव थापा/खेलाडी

मुख्य प्रशिक्षणको जिम्मेवारी दीपेश योञ्जनको काँधमा छ भने गोलकिपिङ प्रशिक्षकको भूमिकामा सुरजकुमार लामा छन् । लामाले हालै राष्ट्रिय महिला टोलीमा पनि त्यही जिम्मेवारीमा काम गरेका थिए ।

यस्तोमा च्यासललाई बी डिभिजन लिगको दाबेदार टोलीका रुपमा लिइएको छ । तर, यसो भनिरहँदा च्यासलले आफ्नो इतिहास विर्सिएको छैन । किनकी एउटा प्रश्न के पनि छ भने क्लबले स्टार खेलाडीहरुको बाहुल्य रहँदा फेरि त्यही इतिहास दाहोर्याउने त होइन ?

इतिहासले क्लबलाई झस्क्याइरहँदा खेलाडीले यसपाली जसरी पनि टोलीलाई शीर्ष डिभिजनमा पुर्याउने लक्ष्य बोकेका छन् । उनीहरुको एउटै तर्क छः हामी पहिले देखि सँगै खेल्दै आएका हौं, त्यसैले चुनौती महसुस गरेका छैनौं ।

गत वर्षको अगस्टमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व गरेका कुशल देउवा भन्छन्, ‘सबै केटाहरु सँगै खेलेको ३–४ वर्ष भइसक्यो । त्यही भएर सजिलो भइरहेको छ । एकअर्कामा हामीलाई विश्वास छ । त्यस्तो दबाब छैन ।’

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा प्रतिनिधित्व गरेको च्यासल युवा क्लब, तस्विरः केशव थापा/खेलाडी

च्यासलले तयारी थालेको धेरै भएको छैन । सहभागी १४ टोलीमध्ये च्यासल सबैभन्दा कम समय बन्द प्रशिक्षणमा बसेको टोली हो । टोली तीन हप्तायता च्यासल मैदानमा प्रशिक्षण गरिरहेको छ । कोही खेलाडी उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै थिए त कसैलाई मोफसलका प्रतियोगितामा भ्याइनभ्याई थियो । केही खेलाडी अझै आउन बाँकी छ । यही कारण टोलीले सँगै बसेर लामो समय तयारी गर्न नसकेको हो ।

‘लिग सुरु हुनुभन्दा दुई तीन दिनअघि हामी अन्तिम टोली सार्वजनिक गर्छौँ,’ गोलकिपर प्रशिक्षक लामा भन्छन्, ‘चुनौतीहरु नभएका होइनन् । तर, हामी डराएका छैनौं । सहज रुपमा लिँदै आएका छौं ।’

उता मुख्य प्रशिक्षक दीपेश योञ्जन भन्छन्, ‘हामीलाई मात्र लिग जित्नु पर्ने चुनौती भएको होइन । हामीसँग मात्र राम्रो टोली छैन । अरु टोलीमा पनि प्रतिभावान खेलाडी छन् । यसपाली लिगको प्रतिस्पर्धा गाह्रो हुने अनुमान गरेको छु ।’

युवा प्रतिभाको बाहुल्य रहँदा टोलीले ४-५ जना सिनियर खेलाडीलाई अनुबन्ध गरेको छ । आर्मीका खेलाडी सिआर गुरुङले मिडफिल्डमा कुशल देउवालाई साथ दिँदैछन् । त्यस्तै दुई सिजन बाँसबारीको जर्सी लगाएका रोशन नेपाल गोलकिपरको जिम्मेवारीमा हुनेछन् ।

२०३४ सालमा स्थापना भएको च्यासलले २०६४ मा डिभिजन फुटबलमा स्थान बनाएको थियो । दुई वर्षपछि क्लब बी डिभिजनमा उक्लियो । त्यसपछि ए डिभिजनमा उक्लिन च्यासललाई सात वर्ष लाग्यो । ०७३ सालको असोजमा सम्पन्न बी डिभिजन लिगमा च्याम्पियन बन्दै च्यासल पहिलो पटक ए डिभिजनमा उक्लिएको थियो । अहिले टोली पहिलो प्रयासमै पुनः ए मा बढुवा हुने लक्ष्यमा छ ।

च्यासलले उद्धघाटन खेलमा विरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL