माघ १८, २०८२ आइतबार | १९:१०:०९
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

आर्सनलका युवा स्टार पाटिनोमा जाभीको नजर

बार्सिलोना । स्पेनिस ला लिगाको महारथी बार्सिलोनाले पुरानो लय समाउने प्रयासमा आर्सनलका किशोर स्टार चार्ली पाटिनोमाथि आँखा लगाइरहेको युरोपेली सञ्चार माध्यमले जनाएका छन् ।

१८ वर्षे मिड्फिल्डरले आर्सनलको सिनियर टोलीबाट ‘डेब्यु’ खेलमै गोल गरेका थिए । आर्सनलले सन्डरल्यान्डमाथि ५–१ को फराकिलो जित हासिल गर्दै काराबाओ कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको खेलमा पाटिनोले सिनियर ‘डेब्यु’ गरेका थिए ।

इमिरेट्सको युवा विकास परियोजनाबाट अगाडि बढेका पाटिनोमाथि बार्सिलोनाले निरन्तर आँखा लगाइरहेको दी सनले जनाएको छ ।

बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी लियोनेल मेसीविनाको टोलीलाई नयाँ जीवन प्रदान गर्नका लागि मिडफिल्ड बलियो बनाउन प्रयासरत छन् ।

यसअघि २००३ मा आर्सनलले बार्सिलोनाबाट युवा मिडफिल्डर सेस फाब्रिगासलाई भित्र्याएको थियो । यसैगरी बार्सिलोनाले भने तीन वर्षअघि आर्सनलका मार्कुस म्याकगुवानलाई अनुबन्ध गरेको थियो ।

आर्सनलले युवा स्टार पाटिनोका लागि ठूलो रकम माग गर्ने निश्चित छ । त्यससँगै उनी आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका प्रिय खेलाडी हुन् । आर्टेटाले आफ्ना प्रिय खेलाडीलाई नगुमाउन हरसम्भव प्रयास गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।