चैत्र ५, २०८२ बिहीबार | २३:५८:३३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

फोर नेशन्स कप खेल्न आइपुगिन रेखा पौडेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै रेखा पौडेल । तस्बिरः सरोज सापकोटा

काठमाडौं । दशरथ रंगशालामा सोमबार सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप (फोर नेशन्स कप)मा सहभागिता जनाउनका लागि नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल युएईबाट शनिबार काठमाडौं आइपुगेकी छिन् ।

युएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी रेखा आजैबाट नेपाली राष्ट्रिय टिमको सिविरमा पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आबुधाबी कन्ट्री क्लबबाट रेखाले चार खेल खेल्दै दुई गोल गरेकी छिन् । नेपाल पुलिस क्लबकी खेलाडी रेखाले राष्ट्रिय टिमबाट २०१९ मा पहिलो पटक खेलेकी थिइन । नेपालको जर्सी लगाएर १९ खेलमा मैदान प्रवेश गरेकी रेखाले ११ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

विगतमा १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनल पुगेर पनि उपाधिबाट बञ्चित हुँदै आएको नेपाली महिला फुटबल टोलीले यसपाली पहिलो पटक उपाधि जित्ने अपेक्षा गरिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गरिसकेपछि शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ग्रिसबाट व्यावसायिक फुटबल खेल्दै आएकी नेपाली राष्ट्रिय टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा बुधबार काठमाडौं आइसकेकी छिन् । यसैगरी फ्रान्समा  व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी गोल मसिन सावित्रा भण्डारी सोमबार नै काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो