माघ २१, २०८१ सोमबार | १७:४२:०९
वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने

नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली युवा टोलीको सहायक प्रशिक्षकमा राजु तामाङलाई नियुक्त गरेको छ ।

नेपाली टोलीले राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही फेब्रुअरी १५ मा चीनको युनान युथ फुटबल टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यही खेलका लागि एन्फाले तामाङलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

सोमबार एन्फा महासचिव किरण राईले तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । तामाङ समावेश भएसँगै प्रशिक्षण टोलीको संख्या पाँच पुगेको छ ।

एन्फाले गत शुक्रबार मात्र टोलीको मुख्य प्रशिक्षकमा राजेश शाही, सहायक प्रशिक्षकमा दीपक भुसाललाई नियुक्त गरेको थियो । यसैगरी सैलेश कर्मचार्य र दिलीप क्षेत्रीले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

एन्फा र नेपालस्थित चिनियाँ दूतावासबीचको सहयोगमा यो खेल हुन लागेको हो ।

खेलका लागि प्रशिक्षक शाहीले ४५ खेलाडीलाई बन्द प्रशिक्षमा सामवेश गरेका छन् ।

बन्द प्रशिक्षण्मा बोलाइएका खेलाडीः 
जियारथ शेख, निराजन धामी, कृष्णबहादुर आले, आयुष तिमिल्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, अमित टमटा, कृशल मोक्तान, विशाल केसी, रुबेन बोगटी, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दिपक थापामगर, अविनाश स्याङ्तान, लछ्छु थापा, सरोज दर्लामी, प्रशान्त लक्क्षम, अनिल भोम्जम, धनसिंह विके, धर्मेन्द्र कुँवर, निमवाङ्गेल तामाङ, निरोज कार्की, समीर तामाङ, गौरव महर्जन, निनसाङ लिम्बु, जंगप्रकाश बम, युनिश बुढाथोकी, सोहन स्याङ्तान, सन्तोष गोङबा, विज्ञान खड्का, सुजन डंगोल, निशानराज लावती, विजय उराव, रोमन श्रेष्ठ, सविनकुमार लुंगेली, विक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, सिर्जन दानी, रोहन खड्गी, नीरज चौधरी, मिराक लिङ्देन, माइकल थापा 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’