काठमाडौं । वान डे क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो ।
वान डेले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन १३ ओभरमा ६६ रनमै समेटियो । हिमालयनका लागि अभिषेक बुढाऐरले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।
वान डेका लागि मणी गैरेले पाँच, विकल्प थापाले दुई र भुपेश्वर महतोले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वान डेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो । वान डेका लागि विश्वास खत्रीले २९, निरज ओलीले २५ र भसपेश्वर महताले १३ रन बनाए ।
हिमालयनका ला लिग सुमन विश्वकर्माले चार र आदित्य थापाले दुई विकेट लिए ।
सोमबारै सम्पन्न अर्को खेलमा फरेभर क्रिकेट ब्वाइज क्लबले नेक्सस क्रिकेट एकेडेमीविरुद्ध पाँच विकेटको जित दर्ता गर्यो ।र