माघ २२, २०८१ मंगलबार | ००:०३:५५
भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित

सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित दर्ता निकालेको छ । सोमबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसीले क्रिकेट एक्सिलेन्ट सेन्टर (सिइसी), काठमाडौंलाई ८६ रनले पराजित गर्याे।

जितसँगै समूह ‘बी’ को सिवाइसीले दुई खेलबाट चार अंक जोडेका छ। सिइसीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

सिवाइसीले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याएको सिइसी १२.२ ओभरमा ५६ रनमै समेटियो । सिइसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ र विपिन आचार्याले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

सिवाइसीका लागि कमल गुप्ताले ३.३ ओभरमा  मात्र १० रन खर्चिदै पाँच विकेट लिए ।  यसैगरी दीपेश कँडेलले दुई तथा शाहब आलम र सुनिल साउदले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिवाइसीले ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४२ रनको योगफल तयार पारेको थियो ।  सिवाइसीका लागि विवेक यादवले ३५ बलमा समान चार चौका र छक्काको मद्दतले अविजित ५३ रनको योगदान गरे ।

यसैगरी कप्तान सन्तोष कार्कीले २३, सन्दीप क्षेत्रीले १६ र शंकर रानाले १४ रन बनाए ।

सिइसीका लागि दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीले समान दुई तथा सूर्य तामाङ, नितेश यादव र विपिन आचार्यले समान एक विकेट लिए ।

सोमबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स युथ क्लब, डडेलधुराले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजित गरेको थियो ।


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising