वैशाख १९, २०८२ शुक्रबार | ०४:५८:४०
टोटनहम विजयी नटिङघम फरेस्ट घरेलु मैदानमै पराजित बास्केटबल लिगः उद्घाटन खेलमा कीर्तिपुर र सामाखुसी भिड्ने पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको सहज जित मुम्बई शीर्ष स्थानमा उक्लियो कोसी र गण्डकी विजयी पुलिसको विजयी सुरुआत उपाधिका लागि निशान र आरभ भिड्ने एपिएफ इरानी टोलीसँग पराजित बाँसबारीको कठिन जित टोटनहम विजयी नटिङघम फरेस्ट घरेलु मैदानमै पराजित बास्केटबल लिगः उद्घाटन खेलमा कीर्तिपुर र सामाखुसी भिड्ने पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको सहज जित मुम्बई शीर्ष स्थानमा उक्लियो कोसी र गण्डकी विजयी पुलिसको विजयी सुरुआत उपाधिका लागि निशान र आरभ भिड्ने एपिएफ इरानी टोलीसँग पराजित बाँसबारीको कठिन जित

एन्फालाई अञ्जनको अनुरोधः ‘लिग खेल्ने वातावरण बनाइदिनुहोस्’

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने वातावरण गराइदिन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनुरोध गरेका छन् ।

सभापती कपमा न्युरोड टिम एनआरटीबाट खेलिरहेका स्ट्राइकर अञ्जनले लिग भएको अवस्थामा विदेश पलायन भएको खेलाडी फर्कने र युवा खेलाडीको आगमन पनि हुने बताए । ‘खेलाडीले अनुभव बटुल्ने भनेकै लिगबाट हो । हामी लिग खेल्न आत्तुर छौं । लिगलाई प्राथकिमतामा राख्न अनुरोध गर्दछु,’ अञ्जनले भने ।

अञ्जनको दुई गोलप्रेरित एनआरटीले आइतबार राति सभापति कपमा अर्काे सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्सलाई ३–१ ले हराएको थियो ।

अञ्जनले फुटबल भएकै कारण विदेश पुगेको आफ्ना साथी विमलघर्ती मगर स्वदेश फर्किएको जानकारी गराए । ‘मेरो साथी विमल नै फुटबल खेल्न भनेर फर्किएको हो । लिग भएको अवस्थामा अन्य खेलाडी पनि फर्कनेछन् ।’

एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसकेको लगभग ६०० दिन नजिकिँदै छ । २०७९ फागुनमा सुरु भएको लिग ०८० जेठ २७ मा सम्पन्न भयो । तर, त्यसयता डिभिजन लिगको साइकल पूरा गर्न नसक्दा एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग दोस्रो पटक गर्न सकेको छैन ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएपछि लिगको साइकल नै पूरा गर्न सकेका छैनन् । ‘ए’ डिभिजन र ‘सी’ डिभिजन लिग आयोजना भएपछि ‘बी’ डिभिजन लिग हुन सकेको छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न भएपनि यसको विवाद समाधान भएको छैन । त्यो विवादले झनै लिगलाई पछाडि पुर्याउने अनुमान छ ।

एन्फाले ‘बी’ डिभिजन लिगका क्लबलाई  विगत २ वर्षदेखि बक्यौता रकम नदिएपछि लिग हुन नसकेको हो । बक्यौता रकम दिएसँगै लिग फागुनबाट सुरु हुँदैछ । त्यसपछि एन्फा राष्ट्रिय लिग गर्ने योजनामा रहेको बुझिन्छ ।

त्यस्तै अञ्जनले लामो समयपछि दशरथ रंगशालामा खेल्न पाउँदा खुसी भएको बताए । ‘यहाँँ खेल्न पाउँदा सधै खुसी लाग्छ । अझ नकआउट प्रतियोगिता भन्दा पनि लिग खेल्न पाए सबै खेलाडी खुसी हुने थियौं ।’

पूरा भिडियाे: 

 

 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC